योगेन्द्र योगी
२५ असार, दोहा ।
कतारमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९६ हजार १ सय ७ जना पुगेको छ । बुधबार मात्र १ हजार २ सय ४ जान निको भएर घर फर्किए संगै निको हुनेको सङ्ख्या ९६ हजार १ सय ७ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबार थप ६ सय ८ जनामा कोरोना पुष्टी भएसंगै सङ्क्रमित हुनेको सङ्ख्या १ लाख १ हजार ५ सय ५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ सय ५४ जना गम्भिर अवस्थामा आइसीयुमा उपचार भैरहेको छ भने हालसम्म कोरोनाको कारण १ सय ३८ जनाकाे मृत्यु भइसकेको छ ।
कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने कतारस्थित नेपाली दूतावाससँग पनि तथ्याङक छैन ।
कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् । कोरोनाकै कारण कतारमा पाँच जना नेपालीको मृत्यु भएको बताईएको छ । कतारमा विभिन्न क्षेत्रमा गरि ३ लाख ५० हजार नेपाली कामदार कार्यरत छन् ।