×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

काष्ठमण्डप पुननिर्माणको ६० प्रतिशत काम सकियो

२५ असार २०७७

२५ असार, काठमाडौँ ।
२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको पुननिर्माण ढिलो गरी सुरु भएपनि अहिले भने निर्माण कार्यले गति लिएको छ । अहिले सम्म करिब ७ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको काष्ठमण्डप पुननिर्माण समितिले बताएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भएको काष्ठमण्डपको पुननिर्माणको काम काठमाडौं महानगरपालिका मार्फत उपभोक्ता समितिले गरिरहेको छ । पुननिर्माणको काम विवादमा पर्दा तीन वर्ष सम्म निर्माण कार्य सुरु हुन सकेको थिएन् । तर काठमाडौं महानगरपालिकाले १५ सय वर्ष पुरानो मौलिक प्रविधि अपनाएर स्वदेशी सीप, पूँजी, प्रविधि र श्रमलाई प्रयोग गरी तीन वर्ष भित्र बनाउने गरी २०७४÷०७५ को नीति तथा कार्यक्रममा समावेस गरेपछि भने पुननिर्माणको कामले गति लिएको छ ।

काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष एवं बागमती प्रदेशका सांसद राजेश शाक्यले पुननिर्माणको काम करिब ६० प्रतिशत सम्पन्न भएको बताए । काष्ठमण्डपको पहिलो तलाको काम सम्पन्न भई दोस्रो तलाको काम भइराखेकाले ६० प्रतिशत काम सम्पन्न भएको अनुमान गरिएको उनले बताए । यस्तै पुरातत्व विभागले स्टिमेट गरेको १९ करोड ८८ लाख रुपैयाँ लागत भित्रै रहेर पुननिर्माणको काम सम्पन्न हुने पनि उनले बताए । अहिले सम्म काठमाडौं महानगरपालिकाले झण्डै १० करोड ५० लाख रुपैयाँ अनुदानबाट पाएको र करिब ७ करोड रुपैयाँ खर्च भइसकेको जानकारी उनले दिए ।

महानगरपालिकाको नीति ताथा कार्यक्रमा तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखेकाले लकडाउनको अवधिमा पनि निर्माण कार्यलाई नरोकिएको शाक्यले बताए । उनले बसन्तपुर दरबार क्षेत्र भित्र रहेका अन्य सम्पदाहरुको काम पनि व्यवस्थित रुपमा भइराखेको बताए । सबै सम्पदाहरुको पुननिर्माण १५ सय वर्ष अघिको प्रविधिमा रहेर भूकम्प प्रतिरोधि बनाउने प्रयास गरिएको उनले बताए ।

काष्ठमडण्प पुननिर्माणका लागि चाहिने थाम, ढुंगा सबै व्यवस्थापन गरी तयार भइसकेको पनि उनले बताए । पहिलो तलामा ९६ वटा थामको प्रयोग गरिएको छ । उपभोक्ता समितिले नै पूननिर्माणको काम गरिरहेकाले स्थानीयबाट कुनै अवरोध नभएको पनि शाक्यले बताए । अहिलेकै गतिमा काम भए तोकिएको समय अवधिभित्रै निर्माण सम्पन्न हुने उनले बताए ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top