×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

सिन्धुलीका किसान काठमाडौँ बस्दा जुनार उत्पादन घट्यो

२५ असार २०७७

२५ असार, काठमाडौँ ।
सिन्धुलीका जुनार खेती गर्ने किसान काठमाडौंमा बस्दा जुनारको उत्पादनमा वृद्धि हुन नसकेको जुनार सुपरजोन परियोजना कार्यान्वयन शाखा सिन्धुलीले जनाएको छ । परियोजनाका वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले केही ठूला किसानहरुको घर काठमाडौंमा भएको र गाउँमा जुनारको बगैचा भएकाले हेरचाह नहुँदा उत्पादन बढाउन नसकिएको बताए ।

अहिले सिन्धुलीमा २ हजार ५१ किसान परिवारले जुनार खेती गरेका छन् । तर त्यस मध्ये केही ठूला किसानहरुको घर काठमाडौंमा भएको र बगैचामा हेरचाह गर्न नआउँदा किराले नष्ट पारेकाले जुनारको उत्पादन बढाउन नसकिएको अधिकारीले बताए । उनले साना किसानहरुले किराका लागि प्रयोग गरीने विषादी खरिद गर्न रकम जुटाउन नसक्दा पनि उत्पादनमा वृद्धि गर्न नसकिएको बताए । परियोजनाले दिने सहयोग लिनका लागि पनि किसानले गर्नुपर्ने लगानी जुटाउन नसक्दा सहयोग परिचालन हुन नसकेको उनले बताए ।

सिन्धुली जुनार खेतीका लागि सुपरजोन क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण पारियोजना अन्तर्गत जुनार सुपरजोनको रुपमा सिन्धुलीमा कार्यक्रम लागू गरिएको छ । व्यवसायिक जुनार खेतीको उत्पादन र उत्पादकत्व वृद्धि गरी उद्योग सम्म जोडने उद्देश्यले जुनार सुपरजोन कार्यक्रम कार्यान्वयनमा ल्याइएको अधिकारीले बताए । यस्तै परियोजनाले जाली घर प्रविधिको प्रयोगबाट गुणस्तरीय विरुवा उत्पादन गर्ने कार्यक्रमलाई पनि अगाडि बढाएको छ । अहिले सिन्धुलीमा २०÷२१ वटा नर्सरीबाट गुणस्तरीय विरुवाको उत्पादन भइराखेको छ ।

यस्तै जुनारमा लाग्ने किराको नियन्त्रणका लागि पनि परियोजनाले काम गरिराखेको छ । २०७०/०७१ मा यस क्षेत्रमा फल कुहाउने झिंगाले कुल उत्पादनको ६० प्रतिशत फल विगारेकोमा अहिले नियन्त्रणमा आई १५ प्रतिशतमा झरेको बताए । जुनारको उत्पादन बढाउन र जुनार खेतीको अवस्थाको जानकारी लिन जुनार किसान परिचयपत्र कार्यान्वयनमा ल्याइएको छ । परिचयपत्र वितरण गरिएपछि जुनार खेतीको समग्र अवस्थाको विवरण लिन, किसानहरुको अवस्था जानकारी पाउन सहज भएको उनले बताए ।

पछिल्लो समय जुनारको माग नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारबाट समेत हुने गरेकाले लगानी बढाई सिन्धुली जिल्लालाई जुनार स्टेटको रुपमा विकास गर्नुपर्ने अधिकारीले बताए । सिन्धुलीको महाभारत क्षेत्र खासगरी सुनकोसी गाउँपालिकाको वडा नं ७ मजुवा, कमलामाई नगरपालिकाको वडा नं ३ जलकन्या, तीनपाटन गाउँपालिकाको वडा नं ७ श्यामखोला र गोलन्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका क्षेत्र जुनारका लागि सुपरजोन क्षेत्र हुन् । सिन्धुलीमा वार्षिक करिब ९ हजार मेट्रिकटन जुनार उन्पादन हुँदै आएको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top