×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने जिम्मा धितोपत्रलाई

२६ असार २०७७

२६ असार, काठमाडौँ ।
बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा नियामक निकायलाई नै जिमेवारी दिने निणर्य संसदको अर्थ समितिले गरेको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकले सांसद रामकुमारी झाँक्री संयोजक रहेको उपसमितिले दिएको प्रतिवेदनलाई पारित गर्दै बैंकलाई लाइसेन्स दिने निणर्य गर्ने जिम्मा नियामक निकायलाई नै दिएको छ ।

उपसमितिको प्रतिवेदनमा केही विषयमा संशोधन सहित प्रतिवेदन पारित गरेको हो । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले अहिले सञ्चालनमा रहेका ब्रोकर कम्पनीले गरेको व्यवसाय भन्दा राम्रो गरी सेवा दिन सक्छन भने अहिले नै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिदा समितिलाई कुनै समस्या नहुने बताए ।

उनले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ नियामक निकायले दिने गरी बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिने सम्बन्धमा निणर्य गर्न सक्ने बताए । उनले भने ‘हाम्रो स्पष्ट धारणा छ । हामी अलमलमा पनि छैनौं । हामी नीति बनाएर सरकारले ल्याउँछ भने सहयोग गछौं । अहिले भइरहेका नीतिहरु प्रयाप्त छन भने दिदा हुन्छ । तर कुनै हतार गरेर दिनु पर्दैन बैंकिङ व्यवसाय त गरिरहेकै छ नी । नयाँ व्यवसायमा जान लागेको भनेको त्यहि ब्रोकर व्यवसायमा जान लागेको होइन ? त्यसैले आफ्नो व्यवसायलाई सबैभन्दा पहिला त चुस्तदुरुस्त बनाउनु पर्‍यो । यो व्यवसायमा आउने हो भने अहिले भइरहेकै दलालको जस्तै व्यवसाय गर्न आउने होइन । यिनिहरुको भन्दा बेटर व्यवसाय गर्नको निम्ति आउने हो मार्केटलाई बढाउको निम्ति हाउने हो मार्केटलाई इथिकल्ली दिशातिर लैजानको निम्ति आउने हो । त्यो कुरा तर्फ हाम्रा नीतिहरु हाम्रा कानूनहरु प्रयाप्त छन भने अहिले नै दिए हुन्छ आजै दिदापनि केही फरक पर्दैन् । छैन भने त्यसको प्रबन्ध गर्नुपर्ने कर्तव्य नियमनकारी निकायहरुकै हो । त्यो काममा नियमनकारी निकायहरुले ध्यान दिनुपर्छ । र समितिले ध्यानपूर्वक यि प्रश्नहरु छन् यि प्रश्नहरुको आजै उत्तर दिन सक्छ भने भोलि दिए हुन्छ भन्ने कुरा हामीले प्रस्टसँग भनेका छौं ।’

समितिले परित गरेको उपसमितिको प्रस्तावमा प्राकृतिक स्रोत सम्बन्धी काम गर्ने कम्पनीहरुको शेयर सर्वसाधारणमा जारी गर्नुगर्नुपर्ने व्यवस्थालाई कायम राखेको छ । समिति सभापति दाहालले सानो कम्पनी भएपनि नेप्सेमा सूचीकृत गर्न सक्ने अवस्था नहुँदा समेत पब्लिक लिमिटेड कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको बताए । धितोपत्र बजारमा वास्तविक क्षेत्रको हिस्सा बढाउनका लागि ५० करोड रुपैयाँ कर्जा लिने कुनैपनि निजी कम्पनी पब्लिक लिमिटेडमा दर्ता भई सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने व्यवस्थालाई भने परिमार्जन गरी १ अर्ब सम्मको कारोबार हुने कम्पनीहरु अनिवार्य पब्लिक लिमिटेडमा दर्ता भई नेप्सेमा सूचीकृत हुनुपर्ने निणर्य अर्थसमितिले गरेको छ ।

समितिले पारित गरेको प्रतिवेदनमा उल्लेख भएका ११ प्रश्नको सम्बोधन भएपछि मात्र बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उल्लेख गरिएको छ । बैठकमा सांसदहरुले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने उल्लेख भएपनि सर्तहरु पुरा भएपछि मात्र दिन सकिने व्यवस्था भएकाले कहिले सम्म प्रश्नको जवाफ दिने र लाइसेन्स दिने भन्ने विषय उल्लेख गर्नुपर्ने बताए । सांसदहरुले धितोपत्र बजारमा वास्तविक क्षेत्रको हिस्सा बढाउन पहिला ठूला कम्पनी, त्यसपछि मध्यम स्तरका र अन्तिममा साना कम्पनीलाई साधारण शेयर जारीगर्नुपर्ने व्यवस्था गर्न पनि सुझाव दिएका थिए ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top