×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

पहिलो पटक ट्रम्पको अनुहारमा देखियो मास्क

२८ असार २०७७

२८ असार, एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक मास्कमा देखिएका छन् ।

सार्वजनिक स्थलमा मास्कबिनै उपस्थित हुने गरेका ट्रम्पले शनिबार मेरिल्यान्डस्थित सैनिक अस्पतालको भ्रमणका क्रममा मास्क लगाएका हुन् ।
वाल्टर रीड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उनले घाइते सैनिकहरुलाई भेटेका थिए । यसभन्दा पहिले ट्रम्पले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले हालसालै आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनले मास्क लगाएको कुराप्रति पनि टिप्पणी गरेका थिए । शनिबार भने उनी ह्वाइट हाउसबाटै मास्क लगाएर निस्किएका थिए । अस्पतालमा धेरै मान्छेसँग भेट हुने र उनीहरुले मास्क लगाओस् भन्ने चाहना व्यक्त गर्ने भएकाले आफूले मास्क लगाएको ट्रम्पले बताएका छन् ।

ट्रम्पले भने, ‘म मास्क लगाउने कुराको विरुद्धमा कहिल्यै पनि थिइनँ । तर मलाई लाग्छ हरेक कुराको एउटा समय र एउटा ठाउँ हुन्छ ।’ कोरोना महामारीको संक्रमण फैलिएसँगै अप्रिलमा अमेरिकी रोग नियन्त्रण केन्द्र(सीडीसी) सार्वजनिक स्थलमा सबैलाई मास्क लगाउन आग्रह गरेको थियो ।

तर राष्ट्रपति ट्रम्पले भने आफूले मास्क नलागउने बताएका थिए । उनले आफ्ना सहयोगी र कर्मचारीहरुको नियमित जाँच भइरहेकाले आफूले मास्क लगाउनै नपर्ने जिकिर गर्दै आएका थिए । कोरोना भाइरसको संक्रमणका हिसाबले अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक हो ।

आइतबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ३२ लाख ४५ हजार नाघेको छ भने एक लाख ३४ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये करिब १० लाख निको भएका छन् ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार आइतबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २६ लाख नाघेको छ । त्यस्तै विश्वभर कोरोनाबाट ५ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिब ७० लाख निको भएका छन् ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top