×

NEPAL TIMES UPDATES

Playing
विश्वभर रहेका नागरिकका लागि अमेरिकी एड्भाइजरी जारी || Nepal Times
Mar 23, 2026
Playing
रविलाई प्रधानमन्त्रीले भनिन् ‘ सम्हालिएर अघि बढ्नु’ || Nepal Times
Mar 23, 2026
Playing
फेज–१मा अमेरिका, फेज–२मा इरानको जितः फेज–३ मा तेहरानले घुँडा टेक्ला? || Nepal Times
Mar 22, 2026
Playing
ब्रिटिस एयरवेजमा उडानमै यात्रुको मृ त्यु भएपछि || Nepal Times
Mar 22, 2026
Playing
श्रम संकृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने || Nepal Times
Mar 22, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026
Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026

सप्तरीको तिलाठी डुबानमा, बाढीसँगै १० वटा शव बगेर आए

३० असार २०७७

३० असार, सप्तरी।
भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ ।

खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ । लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए ।

Advertisement

पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पुर्याएको छ । भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ ।

खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए । शव आएको बेला अत्यन्तै दुर्गन्ध फैलिने गरेको मण्डलले जानकारी दिए। बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ ।

खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ । पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ । बर्सेनि करौडौँ रकम खर्च हुँदै आए पनि तिलाठी र बेल्हीको आन्तरिक विवाद तथा भारतको अवरोधका कारण तिलाठी र बेल्ही डुबानबाट बच्न सकेको छैन

बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जोखिममा रहने गरेको छ । चुरेबाट निस्केको खाँडो नदीले नेपाली भूभागमा तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्छ । खासगरी पूर्वपश्चिम राजमार्गदेखि दक्षिणको खाँडो नदीसित टाँसिएका गाउँहरु हरेक वर्ष बाढीको चपेटामा पर्छन् ।

सबभन्दा बढी निशानामा पर्ने गाउँ भने तिलाठी र बेल्ही नै हो ।

जोखिममा बेल्हीगाउँ

केही दिनयता लगातार परेको भारी वर्षापछि बलानखोलामा आएको बाढीले सप्तरीको बलानबिहुल गाउँपालिका–४ को बेल्ही बस्ती जोखिममा परेको छ । चुरे मूल भएको बलान नदीमा आएको बाढीले खेतजग्गा धमाधम कटान गर्न थालेपछि बेल्हीगाउँ जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

लगातारको वर्षाले खोलामा पानीको बहाव बढिरहेकाले स्थानीयवासीमा त्रास पनि बढेको बेल्हीका अनवारुल मियाँले बताए । खोला कटानले मदन मियाँ, मुस्तफा मियाँ, सदानन्द पाठकलगायतको खेत बगाएको छ भने अरुहरुको खेतजग्गा जोखिममा रहेको छ ।

बलान खोलामा आएको बाढीले बर्सेनि ५०–६० बिघा खेत कटान गर्ने गरेको र १२–१३ वर्षको अवधिमा ७०० बिघाभन्दा बढी जमीन कटान गरिसकेको वडाध्यक्ष हन्सु मियाँ बताउँछन् । धार परिवर्तन गरी गाउँतर्फ फर्किएको बलान खोलालाई तत्काल नियन्त्रण गर्न नसके गाउँ बगरमा परिणत हुने भन्दै स्थानीय उमेश यादवले आक्रोश व्यक्त गरे ।

बलानखोलाले यादवको घर, इनार लगेपछि अन्यत्र सरेका छन् । खोलाकै कारण साविकको बेल्ही गाविस–१ का ५०–६० घर बसाइँ सरेको यादवले बताए । खोलाले एकातिर बालुवा थुपार्ने र अर्कोतिर कटान गर्दै सर्पझै बाङ्गोटिङ्गो गरेर खेत जग्गा कटान गरी बर्बाद गरिरहे पनि स्थानीय सरकार मौन रहेको इञ्जीनियर नवीनकुमार झाले बताए ।

झाले वर्षौँदेखि कटान भइरहेको खेतजग्गा जोगाउन ध्यान नपुगेकाले सिरहा र सप्तरी जिल्ला छुट्याउने सप्तरीको पश्चिम–दक्षिणवर्ती गाउँ बेल्हीको अस्तित्व नाम मात्रैमा सीमित रहने बताए । चुरे जङ्गलको विनाशपछि बलान नदीले फेर्दै आएको धार तथा भारतले सीमानाका लौकाहामा बनाएको ठूलो बाँधका कारण पानी थुनिएर बेल्हीगाउँ डुबान र कटानमा पर्ने गरेको गाउँलेहरुको भनाइ छ ।

वरदानका रूपमा रहेको बलानखोलाले धार परिवर्तन गरी पूर्वतर्फ फर्किएपछि विगतमा धान र गहुँको बाला झुम्मिने खेतका गरा फराकिलो मरुभूमिमा परिणत हुँदै गएको छ । धनी किसान र जमिन्दारको गाउँ भनेर चिनिने बेल्ही अहिले खाद्य सङ्कटको मारमा छ । बालुवाले खेत पुर्दै मरुभूमि बनाउँदै लगेपछि गाउँलेहरु रित्तो बन्दै गएका छन् ।

“वर्षाको आरम्भमै १२–१३ बिघा जमीन कटान गरिसकेको छ”, स्थानीय काशिन्द्र गामी साहले भने, “पहाडतिरसमेत ठूलो वर्षा भएपछि यो वर्ष पनि दर्जनौँ व्यक्ति सुकुम्बासी हुने स्थितिमा पुग्नेछन् ।” स्थानीय सरकारको पहिलो ध्यान बलानखोला नियन्त्रणमा जानुपर्नेमा कुनै प्रयास नभएको साहले बताए ।

उपभोक्ता समिति बनाएर अनावश्यक खर्च गरिरहेको स्थानीय तहले तीन वर्षदेखि बलानखोला नियन्त्रणमा कुनै लगानी नगरेको उनले बताए । बलानखोलाबाट पीडित उमेश भन्छन्, “खोला नियन्त्रणका लागि बजेट विनियोजित हुन्छ र पनि काम हुँदैन, पैसा फर्केर जान्छ नभए भ्रष्टाचार हुन्छ ।”

प्रत्येक साल झण्डै ५० बिघा जमीन खोलाले निलिरहेको उनले गुनासो गरे । “प्रत्येक वर्ष आउने बाढीले पुर्याएको क्षति हेर्न स्थानीय प्रशासनदेखि मन्त्री, सांसदले भ्रमण गर्छन्, ठूला आश्वासन बाँडछन् तर वर्षा सकिएपछि सबैले बिर्सन्छन् ।” बलानबिहुल गाउँपालिका निवासी प्रधानाध्यापक दिनेश्वर यादवले भने, “गाउँ क्रमशः बगर बन्दैछ तर गाउँ जोगाउने कोही देखिएन ।” (रासस)

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top