×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

छाङरुमा १७ वर्षपछि पुग्याे सरकारी खाद्यान्‍न

४ श्रावण २०७७

छाङरु, दार्चुला : छाङरुका बासिन्दाले दैनिक उपभोग्य वस्तुका लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता छ । लकडाउनसँगै भारत र चीनपट्टिका नाका बन्द गरिएपछि भने स्थानीय सौका समुदायलाई हातमुख जोर्नै समस्या आइलाग्यो । नेपाली बजारबाट खाद्यान्न ल्याउन बाटो छैन ।

जब चामल बोकेर हालै हेलिकप्टर छाङरु पुग्यो, त्यहाँका बासिन्दामा खुसीको सीमा नै रहेन । ‘बल्ल नेपाली नागरिक भएको अनुभूति भयो,’ स्थानीय नन्दनसिंह बोहराले भने ।

व्यास गाउँपालिकाका छाङरु र टिंकर गाउँ दार्चुला सदरमुकामबाट क्रमश: २८ र ३२ कोस दूरीमा छन् । ‘हामीलाई सरकारले हेरेको थिएन । हामी पारि भारतको गब्र्याङ बजारबाट रासन लिएर परिवारको पेट भथ्र्यौं,’ छाङरुका बोहराले भने, ‘तर लकडाउन भएपछि भारत र चीनका नाका बन्द भए । कतैबाट रासन ल्याउन पाएका छैनौं ।’

गत वर्षसम्म स्थानीय बेंसीबाट फर्कने बेला ६ महिनाका लागि खाद्यान्न सँगै लगेर उक्लिने गरेका थिए । यो वर्ष कोरोनाका कारण लकडाउन भएपछि एक महिना ढिला गरी व्यासतिर कुञ्चा (बसाइँ) सरे तर खाद्यान्न लैजान पाएनन् । छाङरु र टिंकर गाउँका लागि व्यास गाउँपालिकाको पहलमा दुई सय क्विन्टल चामल हेलिकप्टरमा पुर्‍याएको हो ।

सरकारले छाङरु र टिंकर गाउँका लागि ०६० सालसम्म बर्सेनि ३ सय क्विन्टल चामल ढुवानी गर्दै आएको थियो । घोडेटो राम्रो हुनाले चामल नियमित ढुवानी हुन्थ्यो । सशस्त्र द्वन्द्व चर्किएपछि सरकारले खाद्य संस्थानको बिक्री केन्द्र बन्द गरिएको थियो । १७ वर्षअघि स्थानीयले खाद्य संस्थानको चामल ३१ रुपैयाँ किलोका दरले किन्थे । सरकारले १७ वर्षपछि गत आइतबारबाट त्यस क्षेत्रमा चामल लगेको हो । ‘हेलिकप्टरबाट धेरै वर्षपछि चामल आएको छ,’ स्थानीय लालमती बोहराले भनिन्, ‘सरकारले हामीलाई बिर्सिसके जस्तै थियो । व्यासमा पनि नेपाली बस्दा रहेछन् भन्ने बल्ल थाहा पाएजस्तो लाग्यो ।’, याे समाचार कान्तिपुर दैनिकमा  मनाेज बडूले लेखेका छन् ।

भर्खरको समाचार

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

सम्बन्धित खबरहरु

Scroll to Top