×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

साउनमा सोमबारको व्रत किन लिने ? यस्तो छ वैज्ञानिक कारण

५ श्रावण २०७७

५ साउन, काठमाडाैँ।
श्रावण महिना एक शुभ महिना हो । धार्मिक शास्त्र अनुसार यो महिनाको विशेष महत्व छ । शिव पुराणमा भगवान शिवले सनत कुमारलाई ,चन्द्रमा सुर्य अनि आगो यी तिन मेरा आँखा हुन् भनेका छन् । ज्योतिषशास्त्रअ नुसार चन्द्रमा कर्कट राशिको स्वामी हो , सुर्य सिंह राशिको स्वामी अनि कर्कट राशिबाट सिंह राशिमा सुर्यको संक्रान्ति यहि श्रावण महिनामा हुन्छ , त्यसैले श्रावण महिना भगवान शिबको प्रिय महिना भनि चिनिन्छ । यस महिना भगवान शिवको पुजा आराधाना गरि साउने सोमबार ब्रत बस्ने गरिन्छ ।

मान्यता अनुसार साउने सोमबार ब्रत बसे आइ परेका कठिन समस्याहरु बाट मुक्ति पाइन्छ । श्रावण महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्ने भएकाले यो महिना शुभ मानिन्छ। यस महिनामा ब्रत बस्नु दान गर्नुलाई पुण्य मानिन्छ । हिन्दु धर्ममा मात्र हैन सबै धर्ममा दानको विशेष महत्व छ । दानमा दा को अर्थ संस्कृतमा धातु भन्ने हुन्छ भने न को अर्थ न नकार्ने भावना जस्तै दान दिन हामीले ’ मैले दिए’ म भन्ने भावलाई त्याग्नुपर्ने बताइन्छ अर्थात जब हामि दान दिन्छौँ त्यसबेला दान दिए भन्ने भावना नराख्न शास्त्रको मान्यता छ । साउने सोमबार भगवान शिवलाई समर्पित गरेर बसिने ब्रत सुर्योदय देखि सुर्यास्त सम्म राखिन्छ, मान्यताअनुसार ब्रम्हाण्डका शिवको ब्रत बसे सोचेको वरदान प्राप्त हुनुका साथै सदबुद्धि प्राप्त हुन्छ ।

साउने सोमबारको ब्रतलाई विभिन्न धर्म शास्त्रमा विभिन्न कथाका माध्यामबाट थप प्रस्टाइएको पाइन्छ । एक गरिब ब्राम्हणले साउने सोमबारको ब्रत बसेकाले उनलाई धनलाभ भएको कथा , त्यस्तै साउनको ब्रतकै प्रभावका कारण एक व्यवसाहिलाई पुत्रलाभ भएको कथापनि सुन्न पाइन्छ । जसमाथि जनविश्वास बढ्दै गएको छ । यी त भए धार्मिक पक्ष । अहिलेको समयमा हामी सुन्ने गर्छौ प्राय नयाँ पिडिले धार्मिक कुराहरु केहि हुद त्यसमाथिको सत्यता छैन भन्ने गर्छन तर हरेक धर्ममा विज्ञानका आधार भने पक्कै हुन्छन, आखिर किन ब्रत बसिन्छ त ? किन माछा मासुको सेवन यस महिनामा वर्जित गरिएको छ त ? यसका पछाडि पनि वैज्ञानिक कारणहरु रहेका छन् ।श्रावण महिना मनसुन अर्थात वार्खा यामको मुख्य महिना , यो महिना ओसिलो हुन्छ जहा सुर्यको प्रकाश कम पाइन्छ । जसका कारणले हाम्रो पाचन प्रणाली कमजोर हुन जान्छ । त्यसैले कोहि यो मनसुनको पुरै ४ महिना ब्रत्त बस्ने गर्छन भने कोहि श्रावणभरि एक छाक खाना खाने गर्छन्।

यो वर्खा मासको समय भएकाले पानीबाट सर्ने रोग छिट्टै फैलिने कारणले पनि कयौँ खाने कुराहरु वर्जित गरिएको वैज्ञानिक मान्यता छ । मनसुन महिना, अकस्मात मौसमको बदलाबले हाम्रो पाचन प्रणाली कमजोर हुनुका साथै रोग प्रतिरोधात्मक क्षमतापनि कमजोर हुन्छ त्यसकारण यस महिनामा हलुका भोजन गर्नुले शरीरलाई शुद्धिकरण गर्दछ । ब्रत बस्नु सबैका लागि सहज न हुन् सक्छ , केही कारणले ब्रत बस्न नसके सिधे नुन अनि हलुका भोजन गर्दा पनि शरीरलाई फाइदा पुग्दछ भन्ने राय वैज्ञानिकहरुले दिएका छन् । केहि खानेकुरा जस्तै दुध,माछा मासु , मसलायुक्त खाना, किन वर्जित छ त यस महिनामा यसको पनि विज्ञानले वैज्ञानिक कारण दिएको छ ।

आयुर्वेदको मान्यता अनुसार यो समयलाई ’वाथ दोस’ मानिन्छ जसका कारण शरीरका जोर्नीहरु , घुडा दुख्ने, गठिया जस्ता समस्या हुन्छन् । गाईले घास खादा उनीहरुको शरीरमा आएका यस्ता समस्याका कारण यो महिना दुधको सेवनलाई वर्जित मानिन्छ । यसैगरी मसलायुक्त खाना । आयुर्वेदका अनुसार यो समय हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसका कारणले मसलायुक्त खानेकुरालाई शरीरले पचाउन सक्दैन।

श्रावण महिना पानीको महिना। यो महिना बिभिन्न कीरा प़mट्याङग्राहरुको प्रजनन हुने समय हो । यो बेला पालिएका जनावारहरुलाई खुवाइने दानापानी घासमा यस्ता खतरानक किटाणुको सम्पर्क हुने भएकाले यो समयमा मान्साहारी भोजन गर्नाले हैजा, झाडापखाला जस्ता रोग लाग्न सक्छन् । यसैले यो बेला शाकाहारी भोजन उत्तम हुन जान्न्छ । समयअनि परिस्थितिअनुसार खानपिनको बिचार गरे मात्र हामी स्वास्थ्य रहन सक्छौँ । यसै बैज्ञानिक कारणल सिद्ध गरेको साउनको ब्रत हरेक दृष्टिबाट मानवीय स्वस्थताका लागि उत्तम रही आएको देखिन्छ।

भर्खरको समाचार

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top