योगेन्द्र योगी
७ साउन, दोहा ।
कतार सरकारले रोजगारी गुमाएका श्रमिकहरूलाइर पुन: रोजगारी दिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको सहयोगमा कतारमा रहेको स्थानीय श्रमिकहरुको पुन: रोजगारीको लागि अनलाइन फारम सुरु गरेको छ ।
कोरोना सङ्क्रमणका कारण रोजगारी गुमाएका तथा भिसा रद्द भएर बसेका आप्रवासी कामदारहरूका लागि कतारको प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयलसंग सहकार्य गरी पुनः रोजगारीको अवसर खुल्ला गरिएको जनाएको छ ।
रोजगारी गुमाएर बसेका जुनसुकै देशका आप्रवासी कामदारहरूले अनलाइन मार्फत पुन: रोजगारका लागि आवेदन दिन सकिने छ र सो अनलाइन फारम कतार चेम्बर कमर्सले उपलब्ध गराएको छ ।
यता, एनआरएनए कतारले यो पहलले आप्रवासी कामदारहरूको कष्ट धेरै हदसम्म कम गर्ने छ र श्रम मन्त्रालयले अपनाएको प्रक्रिया अनुसार यस परियोजनाले उनीहरूलाई आफूले रोजेको कम्पनीमा नयाँ रोजगारीको अवसर प्रदान गर्ने अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।
श्रमिकहरूको हकहितको लागि क़तार सरकारले उठाएको कदम तथा सराहनीय कार्य प्रति गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद्ले आभार प्रकट गरेको छ ।
कतार सरकारको यो निणर्य कतारमा रोजगारी गुमाएर बिगत लामो समयदेखि कोठामै बस्न बाध्य धेरै नेपाली श्रमिकहरुलाई फाइदा पुग्ने छ ।कतारबाट झन्डै १२ हजारले स्वदेश फर्किन आफ्नो नाम टिपाए पनि हालसम्म विभिन्न चरणमा गरि ३ हजार ३ सय १७ जना मात्र स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।
निबेदन दिन यो फारम भर्नुहोस् https://www.qatarchamber.com/qc-employment/
