७ साउन, एजेन्सी ।
अमेरिकाको शिकागोमा फ्युनेरल(मलामी)मा सहभागी भएकाहरुमाथि अन्धाधुन्ध गोली प्रहार भएको छ ।
गोली लागेर १४ जना घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार शिकागोको फ्युनेरल होममा गोली प्रहार भएको हो । घाइतेको अवस्थाबारे प्रहरीले केही बताएको छैन ।
घाइते सबै वयश्क रहेको शिकागो प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार मंगलबार बेलुका कालो सवारी साधान तीव्र गतिमा आएको र सवारी भित्र रहेका व्यक्तिले फ्युनेरलमा सहभागी व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार गरेको शिकागो प्रहरी विभागका फर्स्ट डेपुटी सुपरिटेन्डेन्ट एरिक काटरले बताएका छन् ।
यसअघि शिकागोमा सोमबार २५ जनामाथि गोली प्रहार भएको थियो । पछिल्लो हप्ता कुल ६३ जनामाथि गोली प्रहार भएकोमा कम्तीमा १२ जनाको ज्यान गएको सिएनएनले जनाएको छ ।