NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Best UK Casino Bonuses & Welcome Offers December 2025 बुधबार पुस ९ , २०८२
Bet With Real Money बुधबार पुस ९ , २०८२
Play Online Casino Games! बुधबार पुस ९ , २०८२
Indibet Login & Sign Up Access Your Indibet com Account बुधबार पुस ९ , २०८२
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

मैले देखे भोगेको भुइँमान्छेको कथा

बुधबार साउन ७ , २०७७
Reading Time: 1 min read
A A
मैले देखे भोगेको भुइँमान्छेको कथा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

 

✍प्रकाश बन्जारा

LS Auto

केही ब्यक्तिहरु भन्छन् , यो संसार बलवानहरुको हो । पैसा र पहुँचभए कसैले सानो हुन पर्दैन ।तर यीदुबै नहुनेहरुको नि ? यहाँ स्थान छैन त ?कानुनले त सबैलाई समान देख्छ चाहे त्यो नेपालको कानुनहोस या त अन्तर्राष्ट्रिय । सानो , सामान्य तथा पहुँच नहुदा र आफ्नो आवाज नसुनिदा सधै भुइँमान्छे भएर बस्नु पर्ने रहेछ । आज केही आफैं पात्र बनेर भुइँमान्छेले भोगेका केही भोगाइलाइ यो लेख मार्फत राख्नचाहेको छु ।

एउटा सार्बजनिक कामको कुरा गरौँ । ठूला चिल्ला सडक , एउटा स्विच दबाएको भरमा बल्ने बत्ती , गर्मीमा पैसा तिर्नै परेपनि फनफनी घुमेर सितल बनाउने पंखा यिनै कुरा हेरेर मान्छे शहर पसे, अनि अचाक्ली शहरीकरण भयो देशमा । यस्तै विकास देखेर पहाडको उकाली, ओराली, डोको ,हलो ,कोदालो भुल्न शहर पसेको म र म जस्तै आममान्छेको सपना भनेको सुविधाजनक बस्ती , राम्रो बाटो, झ्यापझ्याप नजाने बिजुली , सके एक फोनको भरमा नत्र सहज रुपमा दैनिक उपभोग्य सामग्रीको उपलब्धता आदि आदि नै हुन् । शहर भनेर आफ्नो सिरिखुरी बेचेर मैले जम्मा जम्मी दश धुर जोडेको छु । त्यही दश धुरमा बनेको सानो बासस्थान । त्यो अबस्थामा म मात्र छैन मेरो छेउछाउका धेरैको अबस्था त्यही हो । पैसा नै ओछ्याउने हो भने जग्गा भरी डिङुर हुने थियो त्यही खर्च गर्दा बल्ल बल्ल झुपडी बन्छ शहरमा । शहरमा एउटा घर बन्ने पैसा गाउँमा हालेको भए आँखाले देख्न भ्याएसम्म चोर औंला देखाएर उ त्यो कुनादेखि पल्लो कुना सम्म मेरो हो भन्न पाइन्थ्यो यहाँ कपाल कोर्दा एउटा केस्रो हावाले उडाएर अर्काको तिर झर्यो भने छिमेकीको गालीखानु पर्छ । यतिका कुरा त्यागी सकेपछि त राम्रो बाटो त हिड्न पाउनु पर्याे नि !

मेरो घर सानो बस्तीमा भित्री बाटोमा पर्छ । हरेक बर्ष बर्षाको समयमा बाटो हिनिसक्नु हुँदैन । यसपाला घरैछेउमा निजी बिद्यालय बनेको छ ।विद्यालय बने पछि त राम्रो बाटो हिड्न पाइने भैइयो भन्ने आशा पलाएको थियो खै के ले हो त्यो आशामा तुसारापात गरिदियो ।

जेठ महिना लाग्दै गर्दा हाम्रो बाटोको समस्या बोकेर म लगायत ५/६जना गाउले वडा कार्यालय पुग्यौं । वडाअध्यक्ष झन्डै १ घन्टा पछि आउने रहेछन । हामी वडा अध्यक्षलाई नभेटी वडा सदस्यको निवासमै पुग्यौं । सुन्दा मिजासिला लाग्ने भरत नेपाल रामधुनी नगरपालिका वडा नम्बर ५ का वडा सदस्य रहेछन् । ‘सानो बाटो गाउँले मिलेर माटो हाल्नुहोस वडाको बाटोमा मिक्स गिट्टी हाल्ने कार्यक्रमको संयोजक आफैँ भएकोले म गिट्टी हाल्ने ब्यबस्था मिलाउँछु ’ वडा सदस्यको आश्वासन थियो। यति कामको लागि हामीले वडा कार्यलय जान आबश्यक नभएको पनि नेपालको भनाइ थियो। केही आशा बोकेर हामी फर्कियौँ।

बाटो नापजाँच गरियो शर्तअनुसार केही माटो पनि हाल्ने काम पनि भयो । फेरि एक पटक जनप्रतिनिधिलाई झकझकाउन हामी नेपालको घरमा पुग्यौं । यसपटक उनी पहिलाको जस्ता देखिएनन् । ‘ठीकै छ तपाईहरुले आफ्नो काम गर्नु भएछ म हेर्छु ।’ छोटो मीठो कुरो नेपालले टुङ्याए । बिद्यालय ब्याबसायको लागि भएकोले गिट्टी बिद्यालयलाई हाल्न लगाउने जस्तो कुरा पनि गर्न भ्याए । हुन त हामीलाई जसले लगाए पनि बाटोमा गिट्टी लगाउने हो मैले सपना देखे जस्तो चिल्लो नभएपनि हिड्न हुने बाटो चाहिएको हो तर, बिद्यालयले चाहिँकिन लगाउनु पर्ने नि ? बिकास र निर्माणको अभिभारा त सरकारको पो हो त ,कुरो प्रष्ट बुझिएन ।

असार लाग्दै गर्दा वडा कार्यालय नीर ठूलो मिक्स गिट्टीको थुप्रो बनाइएको रहेछ । गिट्टीबितरण गर्ने दिन हामी गाउले मिलेर गिट्टी थुपारेको ठाउमा गयौँ । त्यहाँ वडा अध्यक्ष डेगराज फुयाल आफैं बाँडफाडमा खटिएका रहेछन । हामीले हाम्रो बाटोको लागिगिट्टी छुट्टाउन आग्रह गर्याैँ । वडाअध्यक्षले हाम्रो कुरा सुनेनन् बरु हाम्रो बाटोमा गिट्टी हाल्ने योजना नै नरहेको र अहिले सम्म कसैले पनि हाम्रो बाटो बनाइदिनु पर्यो भनेर वडामा निवेदन पनि नदिएको र अनुरोध पनि नगरेको आरोप लगाए । त्यति मात्र कहाँ हो र तपाइलाइ असार लागेपछी मात्र वर्षा लाग्यो ? भनेर समेत भन्न भ्याए ।त्यसो भए हामी २ पटक सम्म सदस्यलाई भेट्न गएको चाहिँ के थियो त ?कि जनप्रतिनिधिबीचमा समन्वय नै छैन ? हामीलाई पहिले नै निवेदन दिन भनिएको भए त्यो पनि त गर्ने थियौं नि । त्यो दिन अरु सबै बाटोमा गिट्टी हाल्ने काम भयो । धेरै बाटोहरु हिंड्न मिल्ने गरि मर्मत गरिए । पहुँच हुनेका बाटाहरु चिल्ला भैसकेका छन। अरु नभएपनि ढल निकासको लागि नाला बनेका छन् तर हाम्रो बाटो आज पनि त्यस्तै छ जस्तो ५ बर्ष पहिले थियो। आज मेरो बाटोमा साइकल मोटरसाइकल चल्दैनन। गाडीको त कुरै छोडौ छिमेकीको सिटि सफारि दिनहुँ बोकेर लानु पर्छ ।हामीले भोट दिएका जनप्रतिनिधिहरु अजकल हाम्रो तिर आउदैनन्। अब त आएभने पनि अबदेखी नआउनु भन्न मात्र बाँकी छ ।बर्सेनि डुबान हुने क्षेत्रको पहिचान गरेर त्यो पानीलाई निकास गर्न कुनै पहल भएको देखिदैन । सुन्नलाई हाम्रै वडामा धेरै बिकास भयो भनेर लेखिएका समाचारहरु पनि हेर्न पाइएको थियो । आफू निर्वाचित भएको ३ बर्षमै आफ्नै भवन निर्माण गरेर कार्यसन्चालन गरेको वडाले हामी जस्ता भुइँमान्छेको कुरा कहिले सुन्ने हो ?

हाम्रो गाउँमा टोल बिकाश संस्था पनि छ अरे ।हरेक महिना हरेक टोलका सदस्य हरु १ सय रुपैयाँ जम्मा गर्न जान्छन् । त्यो पैसा संकलन गर्ने भन्दा अर्काे काम मैले टोल विकासले गरेको देखिन । हुन त टोल विकासले टोलको बिकास हेर्नु पर्ने हो हाम्रो समस्या वडा सम्म पुर्याउनु पर्ने हो । तर के गर्दैछन खै संस्थाको पारदर्शिता पनि त्यति देखिदैन । हुन त अरु टोल विकासका पदाधिकारी हिड्ने बाटो बनिसकेको छ अरु नभए पनि ढल निकासको नाली अरु सबै बाटोमा बनेका छन हाम्रो बाहेक । अनि पहुँच नभएका हामी भुइँमान्छे न पर्याैँ ।

लोकप्रीय

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

विचार

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

थप समाचार

Casino

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२
Casino

Bet With Real Money

बुधबार पुस ९ , २०८२
Casino

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
Indibet

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.