×

NEPAL TIMES UPDATES

Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News:इराकको तेल भण्डार बन्द, तेलको भाउ २ सय डलर पुग्ने || Nepal Times
Mar 12, 2026

वस्तीमा आगजनीपछि चितवनका चेपाङको विचल्ली

१० श्रावण २०७७

१० साउन, चितवन ।
चितवनको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको घरमा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी सहितले आगो लगाएपछि उनीहरुको विचल्ली भएको छ । बर्खाको समयमा सरकारी निकायका कर्मचारीहरुबाट नै पीडित भएपछि चेपाङ समुदायका व्यक्तिहरु अहिले स्थानीय विद्यालयमा ओत लागेर बस्न बाध्य छन् । कोभिडका कारण विद्यालयहरु बन्द रहेकाले उनीहरु विद्यालयमा बस्न पाएका छन् तर विद्यालयमा अध्ययन सुरु हुन थालेपछि भने उनीहरु झन समस्यामा पर्ने देखिन्छ ।

गत शनिबार चेपाङ समुदाय बस्दै आएका दुईवटा घरमा निकुञ्जका कर्मचारीले आगो लगाएका हुन । अन्य घरहरु र खेतीबालीमा हात्ति लगाएर नष्ट गरिएको छ । स्थानीय गंगामाया चेपाङले हात्तिसहित आएको निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले घरमा आगो लगाएको बताइन् । बर्खाको समय त्यसैमाथि बालि भित्र्याउने चटारो भइरहेका बेला घरमा आगो लगाएपछि ४ जनाको परिवार सहित उनी अहिले स्थानीय विद्यालयमा ओत लागेर रात विताउन बाध्य छिन् ।

 

निकुञ्जका कर्मचारी एक्कासी आएर घर भत्काएका र आगजनी गरेको बताउनुहुने अर्का स्थानीय दानबहादुर प्रजाले आफ्नो घरमा आगजनी गरिदिँदा नागरिकताको प्रमाणपत्र र १० हजार नगद समेत जलेर नष्ट भएको बताए ।

अर्का स्थानीय कविता चेपाङले तिमीहरु यता बस्न पाउँदैनौ भनेर डर देखाउँदै नागरिकता पैसा सबै बाहिर फालेर आगो लगाएको बताइन । बर्खाको समयमा बच्चालाई लिएर कहाँ जाने ? के दिएर पाल्ने भन्दा निकुञ्जका कर्मचारीहरले डर देखाएको उनले बताइन् ।

स्थानीय लालीमाया चेपाङले सरकारले नागरिकता नदिएर सुकुम्बासी बनाएको दुखेसो पोख्दै बर्खाको समयमा बच्चाहरुलाई लिएर कहाँ जाने ? हामी कहिलेसम्म सुकुम्बासी बस्ने ? भन्दै प्रश्न गरिन ?

स्थानीयहरु विचल्ली हुनेगरी घरमा आगजनी गर्ने र खेतिबालि नष्ट गर्ने कार्यको माडी नगरपालिकाको पहलमा छानबिन सुरु भएको छ । निकुञ्जले कुनै पनि समन्वय नगरी स्थानीयका घर भत्काउने गरी गरेको घटनाको निन्दा गर्दै नगरपालिका मेयर ठाकुर प्रसाद ढकालले दोषिलाई कारवाही हुनुपर्ने बताए । बर्खाको समयमा घरमा आगो लगाउने, खेति नष्ट गर्न आदेश दिने जो कोहीलाई पनि कारबाही हुनपर्ने उनले बताए । मेयर ढकालले राष्ट्रिय निकुञ्ज ऐन संशोधनको आवश्यकता रहेको उल्लेख गर्दै उक्त टोलीको नेतृत्वकर्ता सहायक संरक्षण अधिकृत भोजराज पन्तलाई कारवाही हुनुपर्ने बताए । उनलाई निर्देशन दिने प्रमुख संरक्षण अधिकृत वा मन्त्रालयको सविच मन्त्री जो सुकै भएपनि आवश्यक कारवाही हुनुपर्ने उनले बताए ।

यता निकुञ्जले भने जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई ठाउँ खाली गर्न भनिएको अटेर गरेका कारण फुसको झुप्रोहरु हटाइएको बताएको छ । स्थानीयले आरोप लगाएजस्तो आगजनी नै नगरिएको निकुञ्जको दाबी छ । तर दुईवटा घरमा आगो लगाएको भने प्रष्ट देखिन्छ । निकुञ्जले फुसको झुप्रो भनेतापनि त्यहाँँ बस्ने चेपाङ्ग समुदायको लागि त्यो महल बराबर रहेको छ । अहिले पीडितहरुको व्यवस्थानको काम नगरपालिकाले गरिरहेको छ । तत्काल पीडित चेपाङ समुदायलाई नगरापालिकाको वडा नम्बर ९ राईं गाउँमा व्यवस्थापन गरिने मेयर ढकालले बताए । घटनाको बिषयमा छानबिन गर्न वन मन्त्रालयका सह सचिव यज्ञनाथ दहाल नेतृत्वको टोली शुक्रबार चितवनको कुसुम खोला पुगेर स्थलगत निरिक्षण गरेको छ । टोलीले त्यहाँका स्थानीयहरुसाग घटनाको बिषय सोधपुछ समेत गरेको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top