११ साउन, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआईजी निरज शाहीका अनुसार चार जनामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूको स्वाब निकालिएको थियो ।
चार जना प्रहरीको स्वाब प्रहरी अस्पतालमा पठाइएकोमा अन्तिम परीक्षणको लागि टेकू अस्पताल पठाइएको थियो ।
स्रोतका अनुसार प्रधान कार्यालयको सवारी शाखाका ४ जनालाई कोरोन संक्रमण पुष्टि भएको छ ।
देशभरि अहिलेसम्म १२० जना प्रहरीलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये १०० जना निको भएका छन्।