×

NEPAL TIMES UPDATES

Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News: तेलको भाउ २ सय डलर पुग्ने, इराकको तेल भण्डार बन्द || Nepal Times
Mar 12, 2026
Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026

१ रुपैयाँ घुस खानेलाई पनि छोडिन्न : अख्तियार प्रमुख

११ श्रावण २०७७

११ साउन, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको बताए । १ रुपैयाँ घुस खाने र अर्बौ रुपैयाँ खाने दुबै भ्रष्टाचारी भएकाले साना र ठूला मापन नगरी कारवाही गर्ने गरिएको उनले बताए ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा उनले भने, ‘१ रुपैयाँ घुस खाने भ्रष्टाचारी होस वा अर्बौ खाने भ्रष्टाचारी आयोगका दृष्टिकोणमा भ्रष्टाचारी नै हो । हामी कसैलाई साना र ठूला मापन गरेर हेर्दैनौँ ।’’ प्रमुख आयुक्त घिमिरेले अहिले घुस लिने मोडालिटी समेत भ्रष्टाचारीहरुले परिवर्तन गर्ने गरेको बताए । कतिपय स्टिङ अपरेशनका क्रममा छिमेकी मुलुक भारतमा गएर घुस बाफतको रकम लिने, अर्काको खातामा रकम जम्मा गर्न लगाउने प्रवृति देखिएको उनले बताए ।

स्थानीय तहमा भ्रष्टाचार बढेको उनले बताए । एउटा वडाध्यक्षले समेत करोडमा घुस लिने सूचनाहरु आयोेगसँग रहेको घिमिरेको भनाई छ । उनले भने, ‘‘अहिले एउटा वडाध्यक्षले करोडमा घु लिने सूचनाहरु हामीसँग छ । त्यो करोड एउटा नागरिकले कहाँबाट प्राप्त गर्ला । कहिलेकाँही स्टिङ अपरशेनका क्रममा आयोग आफैले पैसा उपलब्ध गराउनुपर्ने अवस्था आउँछ । तर पछिल्लो समय घुसियाहरुको संगठनले स्टिङ अपरेशन चलाउनु हुँदैन भनेर सर्वोच्चमा मुद्दा हालेका छन् । देशका वरिष्ठ कानूनविदहरु अहिले त्यो मुद्दा लडिरहेका छन् । हामी फेस गरिरहेका छौँ ।’’

प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका जनप्रनिधिहरुको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको बताए । उपभोक्ता समितिले ठेक्का लगाएर काम गराउने प्रवृतिले पनि भ्रष्टाचार बढाएको उनले बताए । स्काभेटर चालक इञ्जिनियर भएर उनीहरुले आफ्नै डिजाइनमा जहाँ पनि चलाउने गरेको उल्लेख गर्दै उनले भने, ‘‘दाजु वडाध्यक्ष हुने भाइ स्काभेटरको मालिक हुने र काम सुरु गरी हाल्ने प्रवृति छ । यस्तो अवस्था हुँदा समेत आयोग किन निर्मम ढंगले जान सकेन भन्ने प्रश्न उठ्ला ? अहिले स्थानीय तह प्रदेश कानून निर्माणको चरणमा पनि छन । यो संक्रमणकालको अवस्थामा निर्मम ढंगले जाँदा प्रणालीमाथि प्रश्न उठ्ने होकी भन्ने चिन्ता छ । तर यसको अर्थ भ्रष्टाचारसँग अख्तियार सम्झौत किमार्थ गर्दैन । अहिले पनि २ हजारबढी स्थानीय तहका विषयहरुमा अनुसन्धान भइरहेको छ ।’’

घिमिरेले सरकारलाई पटक पटक नीतिगत निर्णयको व्याख्या गर्न आग्रह गर्दा पनि सम्बोधन हुन नसकेको बताए । भ्रष्टाचार अख्तियार एक्लैले नियन्त्रण गर्न सक्ने विषय नभएकाले सबैको एकिकृत र समन्वयात्मक प्रयत्न भए मात्रै न्यनूकरण गर्न सकिन बताए । कसैले भ्रष्टाचारलाई निर्मुला पार्छु भन्ने दावी ग¥यो भने त्यो निरर्थक विषय भएको उनले बताए ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top