११ साउन, वीरगञ्ज ।
आइतबार बिहान वीरगञ्जकाे गण्डकमा रहेको कोभिड अस्पतालमा मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको हो ।
मेसु डा. मदन उपाध्यायका अनुसार मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या थियो । कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा उनको स्वाब संकलन गरी उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयरमा लगिएको थियो । त्यहाँ गरिएको आरडीटी परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
आरडीटी पोजेटिभ देखिएसँगै उनलाई शनिबार राति वीरगञ्ज हेल्थकेयरबाट गण्डक अस्पतालमा भर्ना गरिएको थियो । शनिबार राति ११ बजे अचानक अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आइतबार बिहान ६ः४० मा मृत्यु भएको गण्डक अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।
मृतक वीरगञ्जस्थित आदर्शनगरमा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।