१४ साउन, बिराटनगर ।
नोबेलमा टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको शल्यक्रिया सुरु भएको छ । बिशेषज्ञ शल्य चिकित्सकको व्यवस्था मिलाएर नोबेलले ‘हेड एण्ड नेक’ सम्बन्धि सम्पूर्ण क्यान्सरको शल्यक्रिया थालेको हो ।
भारतको एम्स दिल्लीबाट टाउको तथा गर्दन क्यान्सरमा एमसीएच गरेका बरिष्ठ सर्जन डा.ऋषिकेष ठाकुरलाई नोबेलले ल्याएको छ । डा.ठाकुर टाउको तथा गर्दन सम्बन्धि क्यान्सरमा एमसीएच गर्ने नेपालकै पहिलो शल्य चिकित्सक हुन् । गुणस्तरीय उपचार सेवाका लागि बिशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रिया थालिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
हमुख, थाईराईड, स्वासनली, नाकको साईनस, टाउको, र्याल ग्रन्थी, कान लगायत टाउको तथा गर्दन सम्बन्धि सबै क्यान्सरको शल्यक्रिया थालिएको डा.ठाकुरले जानकारी दिए । नोबेलले केही महिना अघिबाट स्त्रीजन्य सबै किसिमका क्यान्सरको पनि शल्यक्रिया थालेको दावी गरेको छ ।