×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

अष्ट्रेलियामा ३० नेपाली संक्रमित, सहरी इलाकामा कर्फ्यू

१८ श्रावण २०७७

१८ साउन, एजेन्सी ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना सङ्क्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै ‘आपतकालीन अवस्था’ घोषणा गरिएको छ ।

गत २४ घन्टामा सो राज्यमा ६ सय ७१ नयाँ संक्रमित थपिएका छन् । यो सङ्ख्या हिजो ३ सय ९७ रहेको थियो भने त्यसको अघिल्लो दिन अर्थात् ३१ जुलाईमा ६ सय २७ रहेको थियो । आइतबार बेलुकी ६ बजेदेखि शुरू हुने आपतकालीन अवस्थामा मेलबर्नको शहरी इलाकामा चौथो तहको लकडाउनका साथै कर्फ्यू समेत लागू हुने भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूजले बताए ।

‘बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म कसैलाई रेखदेख गर्ने काम गर्न वा गराउन र कामबाट आउन र जानका लागि मात्रै बाहिर निस्कन पाइनेछ । हामीले अरूलाई भेट्न जान सक्ने छैनौं । अबदेखि कोही पनि विनाकारण बाहिर निस्कन पाउने छैनन्,’ प्रिमियर एन्ड्रूजले भने ।

सो राज्यमा सुपरमार्केटमा शपिङ गर्न ६ बजेपछि केवल एक घरको एक जनालाई मात्र जाने अनुमति दिइएको छ जुन घरदेखि ५ किलोमिटरभित्र हुनुपर्नेछ । त्यसैगरी मनोरञ्जनात्मक गतिविधिहरू गर्न निषेध गरिएको छ भने बाहिर खुला स्थानमा व्यायाम दिनमा एक घन्टामात्र गर्न सकिनेछ । यी प्रतिबन्धहरू आगामी ६ हफ्ताका लागि लागू हुनेछन् ।

भिक्टोरिया राज्यमा हालसम्म ११ हजार ५ सय ५७ कोरोना सङ्क्रमित भेटिएका छन् जसमध्ये १ सय २३ जनाले ज्यान गुमाइसकेका छन् । त्यसैगरी सो राज्यका हालसम्म १६ लाख ५३ हजार भन्दा बढी कोरोना परीक्षण गरिसकिएको सरकारी तथ्याङ्क रहेको छ ।

भिक्टोरिया राज्यमा बस्ने कम्तिमा ३० जना नेपालीलाई कोरोना सङ्क्रमण भइसकेको छ । औपचारिक रूपमा नेपालीहरू कति सङ्क्रमित भए भन्ने आधिकारिक तथ्याङ्क सङ्कलन गर्ने विधि नभए पनि सामुदायिक सहयोग र राहत बाँड्ने क्रममा हालसम्म कम्तिमा ३० जना कोरोना सङ्क्रमित नेपालीहरू भेटिइसकेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिए ।

“अनौपचारिक रूपमा ३० जना सङ्क्रमित फेला पारिसकेका छौं । तीमध्ये १० जना होटेल क्वारेन्टाइनमा रहेका छन् । समुदायमा सङ्क्रमितहरू खुलेर अघि आउन नचाहने केही परिस्थितिलाई हेर्दा यो सङ्ख्या अझ बढी रहेको हाम्रो अनुमान छ ।

सहयोग र राहत जुटाउन एनआरएनए, न्याभ, एइसी, भिक्टोरियाको महावाणिज्यदूतको कार्यालय लगायतका सामुदायिक संघ, संस्थाहरू आवश्यक सहयोग गर्न तत्पर छौं । सहयोग चाहिएमा निर्धक्क भएर हामीलाई सम्पर्क गर्न अनुरोध पनि गर्दछु ।”, संयोजक कँडेलले भने ।

न्यूसाउथवेल्समा २४ घन्टामा १२ सङ्क्रमित थपिए

न्यूसाउथवेल्स राज्यमा गत २४ घन्टामा १२ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिन्ले मानिसहरूलाई बाहिर जाँदा मास्क लगाउन अनुरोध गर्दै न्यूसाउथवेल्स राज्य कोरोनाविरुद्धको लडाइँमा निकै नाजुक चरणमा रहेको बताएकी छिन् ।

“मास्क लगाउन अनिवार्य त छैन तर भिक्टोरिया राज्यको स्थितिलाई हेर्दा र न्यूसाउथवेल्सभित्र सामुदायिक सङ्क्रमणको जोखिमलाई हेर्दा यो अत्यन्तै महत्वपूर्ण छ । त्यसैले सामाजिक दूरी कायम गर्न नसकिने ठाउँमा रहँदा मास्क लगाउनु अनिवार्य छ । आगामी केही हफ्ता हाम्रा लागि निकै नाजुक छन् ।” प्रिमियर बेरिजिक्लिन्ले भनिन् ।

नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको न्यूसाउथवेल्स राज्यमा अहिले कोरोना सङ्क्रमित नेपाली भेटिएको कुनै जानकारी आफूसँग नआएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यूसाउथवेल्स राज्यका संयोजक देव गुरुङले जानकारी दिए ।

“यदि कोही नेपालीलाई कोरोना सङ्क्रमित भएर सहयोग चाहिएको खण्डमा हाम्रो सम्पर्कमा आउनका लागि हार्दिक अपिल पनि गर्दछु । हामी हरतरहले सक्दो सहयोग गर्नका लागि तत्तर छौं ।” संयोजक गुरुङले भने ।

हालसम्म अस्ट्रेलियामा १७ हजार ८ सय ९५ जना कोरोना संक्रमित रहेको सरकारी तथ्याङ्क छ । तीमध्ये १० हजार २ सय ४ जना निको भइसकेका छन् भने २ सय ८ जनाको मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top