१८ साउन, विराटनगर ।
न्यूरो हस्पिटल विराटनगरले कोरोनाको जोखिम रहेको भन्दै सम्पूर्ण आकस्मिक र बहिरङ्ग सेवा बन्द गरेको छ । आज बसेको न्यूरो हस्पिटलको कोभिड —१९ व्यवस्थापन समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
कोरोना संक्रमण समाजमा थप फैलिन नदिन अस्पतालले सम्पूर्ण आकस्मिक र बहिरङ्ग सेवा अर्को सूचना नआए सम्म बन्द गरेको अस्पतालले जनाएको छ ।
शनिबार अस्पतालका एक चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको थियो ।संक्रमित चिकित्सकलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने उनीसँगको सम्पर्कमा आएका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न लगाइएको छ ।