१९ साउन, मोरङ । विराटनगर महानगरपालिकाका कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको छ ।
विराटनगर-५ का निवासी ७७ वर्षीय ती पुरुषको कोसी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएको थियो ।