२२ साउन, विराटनगर ।
प्रदेश १ को राजधानी विराटनगरमा २१ सहित प्रदेश १ मा बिहीबार ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा ११ पुरुष १० महिला, बेलबारीमा २ र रंगेलीमा १ पुरुष, सुनसरीको धरानमा ११ पुरुष ३ महिला, इटहरीमा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ । प्रदेश १ मा बिहीबार १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा झापाका ९, मोरंगका ७, सुनसरी र पाँचथरका १/१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ । प्रदेश १ मा बिहीबार १ हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।