×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

राजधानीमा सङ्क्रमणको जोखिम बढ्दै, १० दिनमा ४५० थपिए

२३ श्रावण २०७७

काठमाडौँ : काठमाडौँमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ । – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रेस ब्रिफिङको सुरुवातमै यसप्रकारको सन्देश वाचन गर्दै सचेतना अपनाउन आग्रह गरेको छ ।

काठमाडौँमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि मन्त्रालयले यसप्रकारको अपिल गर्नु अनौठो होइन । दैनिक रुपमा थपिँदैगएको सङ्क्रमितको तथ्याङ्कले पनि काठमाडौँमा स्वास्थ्य सतर्कताको अवहेलना जारी रहे अवस्था भयावह हुने देखिन्छ ।

काठमाडौँ उपत्यकामा बिहीबार एकैदिन ८७ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । उपत्यकामा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित अहिलेसम्मकै उच्च हो । स्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डे भन्छन्, “स्थिति भयावह हुन नदिन व्यवस्थापनमा जोड दिनुपर्ने बेला हो, स्थानीय तहदेखि निगरानी गर्ने निकायले अबिलम्ब पहलकदमी लिनुपर्छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम काठमाडौँमा दैनिक सङ्क्रमित हुनेको दरमा वृद्धि हुन गई अत्यन्तै अप्ठ्यारो परिस्थिति आएको बताउँछन् । देशैभरि पछिल्लो दश दिनमा तीन हजार १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँ उपत्यकाका मात्रै ४५० जना छन् । जुन कुल सङ्क्रमितको १४।९१ प्रतिशत हो । एकदिन अघिसम्म कुल सङ्क्रमितको १३।१९ प्रतिशत रहेको काठमाडौँमा चौबीस घण्टामा सङ्क्रमित हुने करिब एक दशमलब पाँच प्रतिशतले बढेको हो ।

केही दिनअघि सम्म काठमाडौँको ७२ स्थानमा सङ्क्रमित पुष्टि भएको ‘ट्रेस’ गरिएको थियो । हाल एक सय स्थानमा सङ्क्रमित फेला परेका छन् । जनस्वास्थ्य विज्ञ डा। पाण्डे भन्छन्, “सङ्क्रमित फेला पर्ने स्थान बढ्दै जानुले समुदायमा सङ्क्रमणको जोखिम बढाउँदैछ, जसलाई व्यवस्थापन गर्दै जानु जनस्वास्थ्यका लागि चुनौतीपूर्ण हुँदै जानेछ ।

जनघनत्व र जनसङ्ख्या बढी भएको हुँदा बाग्मती प्रदेशको कुल सङ्क्रमितको अधिकांश काठमाडौँमा छन् । हाल बाग्मती प्रदेशमा ८३५ जना कोरोनाभाइरसका सक्रिय बिरामी छन् । अधिकांश काठमाडौँ उपत्यकाभित्रका छन् ।

काठमाडौँ उपत्यकामा सङ्क्रमण बढाउने तत्त्व पत्ता लगाउन यथेष्ट मात्रामा ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दै मुहानको पहिचान गर्नु उनी आवश्यक देख्छन् । उपत्यकामा दैनिक छ देखि आठ हजार सवारी साधन भित्रिन्छन् । चारदेखि पाँच हजार सवारीसाधन बाहिरिन्छन् ।

सङ्क्रमणको जोखिम बढाउने प्रमुखमध्येको एक अव्यवस्थित आगमन पनि हो । स्वास्थ्य तथा जनसङ्ख्या र गृह मन्त्रालयले काठमाडौँ भित्रिन कडाइ गर्न निर्देशन दिएको छ तर त्यसको पालना र व्यवस्थापन गरिएको देखिन्न । काठमाडौँ भित्रिने व्यक्ति बसोबास गर्ने ठाउँमा कि त होम क्वारेन्टिन वा विद्यालय, कलेजमा अनिवार्य क्वारेन्टिनको व्यवस्था मिलाउन डा। पाण्डे जोड दिन्छन् । जसका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उहाँको ठम्याइ छ ।

मन्त्रालयले बुधबार नै शङ्कास्पद बिरामीको सम्पर्कमा आएको शङ्का लागेमा काठमाडौँमा तोकिएका १४ कोभिड–१९ अस्पतालमा गएर स्वाब परीक्षण गराउन अपिल गरेको थियो । “बढीभन्दा बढी परीक्षण गरी स्थिति नियन्त्रणमा लिन प्रयास गरेको देखिन्छ तर त्रुटी देखिएको छ,ु डा। पाण्डेको दाबी छ । उनका अनुसार स्वाब परीक्षण गराउनेलाई नतिजा नआएसम्म अलग्गिने व्यवस्था गर्न र काठमाडौँ भित्रिँदा उपचारका लागि आउनेबाहेक सबैलाई १४ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नेगरी व्यवस्थापन गर्न सुझाउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र९इडीसीडी०का प्रमुख डा। वासुदेव पाण्डेले शुक्रराज ट्रपिकल अस्पताल, टेकुको अवस्था चित्रण गर्दै भन्छन्, “अस्पतालमा आरटी पीसीआर गराउन आएकाले जनस्वास्थ्य मापदण्डको पालना गरेको देखिन्न, स्थिति हेर्दा निवारणका लागि आएका हुन वा निम्त्याउन अन्यौलमा परिन्छ ।

परीक्षण गराउन आएकोले भौतिक दूरी पालना नगरेको उहाँको गुनासो छ । महामारीको बेला सामान्य त्रुटीले ठूलो जोखिम निम्तिने इडीसीडीका प्रमुख डा। पाण्डे बताउँछन् ।

काठमाडौँमा सङ्क्रमित पुष्टि भएकोमध्ये सुरक्षाकर्मी धेरै छन् । “सङ्गठित जनशक्ति सङ्क्रमित हुन पुग्दा समूहका अन्य जनशक्ति हुँदै सेवा लिन आउने उपभोक्ता, सङ्क्रमितको परिवार र समुदायसम्म फैलने जोखिम बढ्छ । डा. पाण्डे थप्छन् ।

पछिल्लो एक सातामा मात्रै काठमाडौँमा आईसीयू र भेन्टिलेटरमा उपचार गराउने कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या पनि बढ्दो छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा हाल २९ जना बिरामी आईसीयू वा भेन्टिलेटरमा उपचारार्थ छन् । उपत्यकाको अस्पतालमा सघन उपचारमा रहेका कोरोना सङ्क्रमित देशका अन्य भेगका पनि छन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

सम्बन्धित खबरहरु

Scroll to Top