×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026

काठमाडौंमा सञ्चालित सवारी साधनमा स्वास्थ्य मापदण्ड उल्लंघन

२३ श्रावण २०७७

२३ साउन, काठमाडौँ ।
काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । तर अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको हो ।

यातायात व्यवस्था विभागले शुक्रबार अनुगमन गर्दा अधिकांश सवारी साधनमा सेनिटाइजर नै थिएन् । भएकाहरुमा पनि सानो बट्टा रहेको पाइएको छ । यसबाट सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको पुष्टि भएको हो । अनुगमनमा रहनुभएका विभागका सवारी अनुगमन शाखाका नायब सुब्बा केशबराज जमरकट्टेलले अधिकांश सवारी साधनले सेनिटाइजरको प्रयोग नगरेको पाइएको बताउनुभयो । मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको बताए । उनले अनुगमनका क्रममा सेनिटाइजर नै नराख्ने तीनवटा सवारी साधनलाई कारबाही गरिएको बताए ।

सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिंदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ । विभागले गरेको चेकजाँचको क्रममा यातायातका चालक र सहचालकले सानो सेनिटाइजरको बट्टा देखाएर उम्किने प्रयास गरेका थिए ।

कतिपय सवारी साधनले सिट क्षमता भन्दा पनि बढी यात्रु राखेको पाइएको छ । त्यस्तै यात्रुले मास्कको प्रयोग नगरेको समेत पाइएको छ । विभागले भने सेनिटाइजर नराख्ने सवारी साधनलाई समान्य चिट काटेर कारबाही गरेको छ । सानो बट्टा राख्नेलाई सम्झाएर पठाइएको जमरकट्टेलले बताए । सरकारले लकडाउनलाई खुकुलो बनाउदैं गत असार २६ गतेदेखि उपत्यका भित्र छोटो दुरीको सवारी साधन सञ्चालन गर्न दिएको थियो । यातायात सञ्चालन गर्दा भौतिक दुरी कायम गर्नुपर्ने, सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, चालक र सहचालक सहित सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने र सवारी सधानलाई निसंक्रमण गर्नुपर्ने मापदण्ड तयार गरिएको थियो ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top