विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोजबाट गर्ने सिसिएमसीको प्रस्ताव

विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोजबाट गर्ने सिसिएमसीको प्रस्ताव

२६ साउन, काठमाडौं ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोजबाट गर्ने प्रस्ताव गरेको छ ।

आइतबार बसेको सिसिएमसीको बैठकले नोवेल कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै गएको भन्दै तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । भदौ भरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने सिसिएमसीको प्रस्ताव छ ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.