२६ साउन, धरान ।
धरानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये भारतीय सेनामा रहेका ४ जना आर्मी पनि छन्। धरान १७ स्थित एन्फा क्वारेन्टिनमा रहेका तथा समुदायस्तरमा स्वाव संलकन गरेर पिसिआर गर्ने क्रममा थप ९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ४ जना भारतीय सेनाका आर्मीहरु हुन्। उनीहरु विदामा घर आएपछि क्वारेन्टिनमा रहेका थिए। यस्तै, २ जना दुबईबाट आएकामा संक्रमण देखिएको हो। उनीहरु दुबईबाट आएर क्वारेन्टिन बसेका थिए।
पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरु धरान १३ घर गएका थिए। तर, उनीहरुको साथीलाई पोजेटिभ देखिएपछि पुनः पिसिआर परीक्षण गरेर दुवै जना होम क्वारेन्टिनमा बसेको महाशाखा प्रमुख मेहताले बताए।
संक्रमित ३ जना भने समुदायस्तरका रहेका छन्। उनीहरुमा धरान १० का २० वर्ष र १६ बर्षका युवती छन्। एक जना धरान १९ का४० बर्षका पुरुष पनि संक्रमण पुष्टि भएको मेहताले जानकारी दिए।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल आइसोलेसन बेड खाली नभएकोले उनीहरु घरमा नै होम आइसोलेसनमा रहेका छन्। धरानमा संक्रमितहरुको कुल संख्या ५५ पुगेको छ।