२६ साउन, काठमाडौँ ।
ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी दिए ।
निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी उनलाई शंका लागेर कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।
उनी भेन्टिलेटरमा उपचाररत थिइन् ।