२७ साउन, भक्तपुर ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ निकोसेरास्थित युनाइटेड केमिकल प्रालिमा आगलागी भएको छ । सेनिटाइजर, साबुन, हार्डपिक, गिल्सरिन बनाउँदै आएको सो कारखानामा मंगलबार दिउँसो आगलागी हो ।
जुद्ध बारुद यन्त्र भक्तपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । आगलागीबाट कारखानाको टहरा पूर्णरुपमा क्षति भएको छ ।
प्रालिका सञ्चालक अर्जुन श्रेष्ठका अनुसार आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।