२७ साउन, काठमाडौँ ।
सरकारले नेपाली कुटनैतिक नियोगको सिफारिसमा ३ सय जना र वैदेशिक रोजगार कल्याण्कारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २ सय जना नेपाली नागरिक समेत दैनिक कुल ५ सय जनाको संख्यामा नबढ्ने गरी उडान अनुमति दिने निर्णय समेत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
उडानबाट आउने व्यक्तिहरुलाई काठमाडौं उपत्यकामा नै तोकिएका स्थानमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने र संक्रमण मुक्त भएको यकिन भएपछि मात्र सम्बन्धित गन्तव्यमा पठाउने व्यवस्था गर्ने निर्णय समेत गरेको छ । यसरी आउने मानिसहरुको क्वारेन्टाइनमा बसेको ५ देखि ७ दिन भित्र पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने भएको छ ।
