काठमाडौंं : कोरोना संक्रमणका बेला सरकारी कर्मचारीहरु सुरक्षा प्रबन्ध गर्दै आम नागरिकको सेवामा लाग्नुको साटो हाजिर गर्दै ‘टाप’ कस्ने क्रम बढेको छ । अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा निकायका तल्लो तहका सदस्य भने ज्यान जोखिममा पारेर नागरिकको सेवामा लागेका छन् ।
संघीय सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदबारमा सोमबार र मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म स्थलगत अबलोकन गर्दा करिब ७० प्रतिशत कर्मचारीका कुर्सी रित्ता देखिए ।
संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकृतले नेपाल भने ‘खाजा खाने समयभन्दा पछि त म पनि घर जाने हो, कोरोनाको जोखिम मलाई पनि छ नि ।’
कोरोना संक्रमणको जोखिम बढेकाले प्रहरीले सिंहदबार प्रवेशमा कडाइ गरेको छ । त्यससँगै तुलनात्मक रुपमा सुनसान देखिएको सिंहदरबारमा कर्मचारीहरु कार्यालय समयभन्दा ढिला आउने र चाँडै जाने गरेको पाइएको छ ।, यो खबर अजाको नेपाल समाचारपत्रमा छापिएको छ ।