२९ साउन, बुटवल । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मंगलबार राति ज्यान गुमाएका २५ वर्षीय एक युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का प्रदीप तेलीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
साउन २४ गते भारतको मुम्बईबाट घर आएका तेलीमा ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । उनको सोही दिनदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा मंगलबार राति मृत्यु भएको थियो ।
तेलीलाई मिर्गौलामा समेत समस्या रहेको डा. थापाले बताए ।