३० साउन, विराटनगर ।
विराटनगर स्थित कोशी अस्पतालका आइसोलेसनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिराहाको विष्णुपुर गाउँपालिका – १ का पुरुषको उपचारकै क्रममा बिहीबार बेलुका साढे सात बजे मृत्यु भएको हो ।
कोशी अस्पतालका आइसोलेसन इन्चार्ज डाक्टर लक्ष्मीनारायण यादवका अनुसार उनलाई टाइफाइड साथै ज्वरो खोकी श्वासप्रश्वासमा समस्या र रगतको कमी भएको थियो ।
गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । समस्या जटिल भएका कारण थप उपचारको लागि धरान पठाउन सम्पर्क गर्दा गर्दै मृत्यु भएको इन्चार्ज डाक्टर यादवले जानकारी दिए ।
त्यस्तै बिहीबार नै कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका विराटनगर महानगरपालिका– १५ का ३३ वर्षीय युवकको रिपोर्ट भने नेगेटिभ आएको डाक्टर दासले जानकारी दिए ।