योगेन्द्र योगी
३० साउन, दोहा ।
कोरोनाका कारण ओमनमा समस्यामा परेका थप १ सय ७५ नेपाली स्वदेश फर्किएका छन् । नेपाली दूतावासको प्राथामिकतामा परेका उनीहरु सलाम एयरको ओभी ४२७ चौथो चार्टर उडान मार्फत स्वदेश फर्किएका हुन् ।
सो उडानमा १ सय ३७ पुरूष र ३८ महिला स्वदेश फर्किएका हुन् । यसअघि सलाम एयरकै तीन वटा उडानमार्फत ४ सय ९० जना नेपाली स्वदेश फर्किसकेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।
स्वदेश फर्किने नेपालीहरुलाई विदाई गर्न ओमनकालागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल लगायत अन्य कर्मचारीहरु विमानस्थल पुगेका थिए । सो चार्टर उडानका लागि सेवाप्रदायक कम्पनी सलाम एयरले प्रति यात्रु १ सय १५ ओमनी रियल अर्थात नेपाली करिब ३६ हजार १ सय भाडा लिएको थियो।