३२ साउन, वीरगन्ज ।
नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दुई जना संक्रमित बाराका हुन् । नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहका अनुसार १० महिलासहित ४७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये १२ जना पर्साको पोखरिया नगरपालिकाका छन् । ६ जना संक्रमित वीरगन्ज महानगरपालिका ११ श्रीपुर र रानीघाटका स्थानीय हुन् ।
पर्साको पर्सागढी नगरपालिकाको बागबाना र पचरुखीमा दुई जना संक्रमित भेटिएका छन् । बहुदरमाई नगरपालिकाको भौराटारमा पनि एक जनामा कोरोना पुष्टि भएको छ । बिन्दवासनी र देवरवानामा दुई जनामा कोरोना देखिएको छ । अन्य संक्रमितहरु वीरगन्जको मुर्ली, पानीट्यांकी, भिस्वा, पिप्रा, सोलखपुर, लाठगल्लीका बासिन्दा हुन् ।