३२ साउन, मोरङ । मोरङको बिराटनगर महानगरपालिका(१४ मा रहेको पोखरीमा डुबेर १६ बर्षीय बालकको मृत्यु भएको छ ।
आज बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए । बिराटनगर महानगरपालिका-१५ का १६ बर्षीय बिशाल चौधरीको खोजतलास गर्ने क्रममा दिउँसो सवा १ बजे सोही पोखरीमा मृत अवस्थामा फेला परेका थिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
