×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

मनसुनजन्य विपद्का कारण हुने मृत्यु विगत १० वर्षकै उच्च

२ भाद्र २०७७

२ भदाै, काठमाडौँ ।

भनिन्छ कुनै पनि समस्या बाजा बजाएर आउँदैन । मुलुकले यतिखेर त्यस्तै नसोचेको र पूर्वानुमान नगरिएको दोहोरोे विपत्तिको सामना गरिरहेको छ । चीनको एक कुनामा देखिएको कोरोना भाइरसले नेपालमा आएर दुःख देला भन्ने हाम्रो कल्पनामै थिएन तर हामी अहिले त्यो महामारीको प्रत्यक्ष मारमा परेका छौँ ।

यसपालि यो अकल्पनीय कोरोनाको कहरमात्र नभएर हामीलाई विनासकारी विपद्ले पनि दुःख दिएको छ । यो विपत्तिले मानिसको ज्यान लिएसँगै भौतिक र आर्थिक क्षति गराइरहेको छ । कोरोना सङ्क्रमण नियन्त्रण हुनुको साटो झन्भन्दा झन् बढ्दै गएको देखिएको छ । यसबीचमै मनसुनजन्य विपत्तिको अर्काे चुनौतीले देशको जनजीवन र भूगोललाई नै थिलथिलो बनाइरहेको छ । हरेक दिनजसोको मनसुनी वर्षा पछिको पहिरो, बाढी र डुबान वस्तीवस्तीमा काल बनेर पसेको छ । त्यसैले पनि अहिले हामीलाई आपतमाथि झन् ठूलो विपत बर्सिरहेको भान भइरहेको छ ।

हरेक दिनजसो पहिरोमाथि पहिरोका दुर्घटना थपिएका छन् । पहिले पहिलेका मनसुनी वषामा हुनेभन्दा बढी नै यसपालि बाढी पहिरोले बस्ती नै सोहोरेका छन् । कोभिड–१९ बाट मृत्युको ग्राफ बढ्दै गर्दा यसपालीको मनसुनजन्य विपद्का कारण पनि मृत्युको ग्राफ विगत १० वर्ष कै उच्च बन्न पुग्यो ।

आइतबारसम्मको विवरणमा कोभिड–१९ का कारण मुलुकमा १०४ जनाको मृत्यु भएको छ भने २६ हजार ६६० जना सङ्क्रमित भएका छन् । मनसुन सक्रिय भएको दिन २०७७ जेठ ३१ पछि मनसुनजन्य विपदमा परेर पछिल्लो दुई महिनामा मात्रै २३१ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट मात्रै २०६ ले ज्यान गुमाए । सँगसँगै आएको यी दुई महाविपत्ति नेपालको इतिहासकै एक अति कठिन समय बन्न पुगेको छ ।

वैशाखयता बाढी, पहिरो र चट्याङबाट मात्रै २६६ ले ज्यान गुमाए भने ७८ जना वेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेल मनसुनजन्य विपद्बाट पछिल्लो एक दशकमा यो वर्ष सबैभन्दा बढी मानवीय क्षति भएको बताउँछन् । दोहोरो विपत्ति परिरहेकाले यसबेला अझै सावधानी अपनाउनु जरुरी रहेको उहाँले बताउनुभयो । त्यसरी सावधानी अपनाउन भने सकिएको छैन ।

कोभिड–१९ को सङ्क्रमण जोखिमकाबीच साउन ३० गते सखारै सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गाउँमा माथिबाट एक्कासी पहिरो खस्यो । पहिरोले पुर्ने डरले रातभर बारीको पाटामा त्रिपाल ओढेर ज्यान जोगाउँदै आएका स्थानीयले विहान ऐया पनि भन्न पाएनन् । माथिबाट बारीको पाटोलाई समेत सोहारेर ल्याएको पहिरोले घरसहित एकै चिहान बनायो ।

सदाझैँ आजको रात त बाँचियो भनेर विहान अन्दाजी साढे ६ बजे त्रिपालबाट उनीहरु घर फर्किए । दिनभर घरखेतको काम भ्याएर केही निमेष आफन्त र छरछिमेकसँग रम्ने योजना त्यतिखेर तुहियो, जब माथिको डाँडाबाट पहिरो खस्यो । १३ घरका ३९ जना एकै निमेषमै पुरिए । कोही घरभित्रै अनि कोही भाग्दाभाग्दै माटोमा बिलाए । सोमबारसम्म प्राप्त विवरणमा २२ को शव फेला परे पनि अन्य पहिरोमै पुरिएका छन् । कतिपय घरका सपरिवारका लागि यही पहिरो काल बन्यो ।

जोखिम क्षेत्र भएको भन्दै स्थानान्तरणका लागि गरिएको उनीहरुको हारगुहार कान्लामुनि नै हरायो र अहिले यो नियती भोग्नुपर्यो । उक्त वडाका सदस्य तथा स्थानियबासी विष्णुबहादुर दोङ भन्छन्, “असार २६ को भीषण वषाले जमिन चलायमान बनाएको थियो, बस्ती जोखिममा परेपछि व्यवस्थापन गर्न गरिएको मागको सरकारबाट सुनुवाई भएको भए यो गति हुने थिएन ।” उनका अनुसार अझै धेरै स्थानका झण्डै ५०० घरधुरी यस्तै जोखिममा रहेका छन् ।

कोभिड–१९ सङ्क्रमणबाट जुधिरहेको मुलुकमा यसपटकको प्राकृतिक विपत्तिले ठुलै जनधनको क्षति गरायो । त्यसको प्रतिनिधि घटना हो लिदी पहिरो । यसअघि असार २५ मा पनि सिन्धुपाल्चोककै जम्बुबजार र भोटेकोरीमा आएको बाढी पहिरोमा परेर केहीको मृत्यु भएको थियो भने २० जना वेपत्ता भएका थिए ।

सबैभन्दा बढी, सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट, कास्की, बझाङ, पर्वत, पाल्पा, लमजुङ्, गुल्मी, दार्चुलालगायत जिल्लामा ठुलो जनधनको क्षति हुनेगरी पहिरो खसेको छ । यस्ता विपद् यसपाली ६० भन्दा बढी जिल्लामा निम्तियो ।

कोरोना फैलनबाट रोक्न खटिँदै आएका नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेना तत्काल प्राकृतिक विपद्को उद्धारमा खटिए । पहिरोले पुरिएकाको खोजी र उद्धार भइरहेकै बेला सङ्घ, प्रदेश र स्थानीय सरकार कोभिड–१९ बाट नागरिकलाई जोगाउन सङ्घर्षरत छन् । लिदीमा गएको पहिरोमा पुरिएकाको उद्धार हुँदै गर्दा त्यसदिन अपराह्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम सङ्क्रमणबारे यसरी प्रत्यक्ष प्रशारणमा गर्दैथपए, “पछिलो चौबीस घण्टामा मुलुकमा ५९४ जना कोभिड १९ का नयाँ सङ्क्रमित भेटिए, यो सँगै अहिलेसम्म २५ हजार ५५१ जना पुगे । त्यसमध्ये १७ हजार ७७ उपचार पछि घर फर्किएका छन् । एकै दिनमा चार जनाको मृत्यु भएको र हालसम्म मृत्यु हुने ९९ पुगेका छन् ।” आइतबारसम्म मुलुकमा २६ हजार ६६० जना सङ्क्रमित भएका छन् । त्यसमध्य १०४ जनाको मृत्यु भएको छ ।

अहिले सङ्क्रमण रोक्न स्थानीय तह र प्रशासनबाट कतै सिल त कतै निषेधाज्ञा, कतै बन्दाबन्दी घोषणा गरिएका छन् । उच्च सावधानी अपनाइएको छ प्राप्त जानकारीमा सबैभन्दा बढी सङ्क्रमण काठमाडौँ उपत्यकामा देखिन थालिसकेको छ । काठमाडौँ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, मोरङ्लगायत जिल्ला महामारी कै रुपमा फैलिँदै छ ।

यही साउन २२ देखि २९ गतेसम्मको आठ दिनमा मात्रै कोभिड–१९ सङक्रमित ३५ को मृत्यु भएको छ । विश्वको तुलनामा समग्रमा नेपालको मृत्युदर न्यून (शुन्य दशमलव ४ प्रतिशत) छ, तर पछिल्लो ग्राफले त्यसलाई उच्च बनाउने अनुमान गर्न सकिन्छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम मृत्युको ग्राफ बढ्दै गएको स्वीकार गर्छन्।

साउन २२ देखि २८ सम्म मुलुकमा तीन हजार २० र काठमाडौँ उपत्यकामा मात्रै ६६६ नयाँ सङ्क्रमित भेटिनुले क्रमशः कोभिड–१९ को जोखिम उच्च वृद्धि भइरहेको देखाउँछ । अग्रभागमा खटिने चिकित्सक, सुरक्षाकर्मी र पत्रकार नै सङक्रमित भएका छन् । चिकित्सकहरु सङ्क्रमण बढ्नुमा मानिसको लापरवाहीलाई एउटा कारक मान्छन् । साथसाथै सरकारले खोज अनुसन्धान र उपचार पद्दतीमा पनि सुधार गर्नुपर्ने आवश्यकता जनस्वास्थ्यविद्हरुले औँल्याउँदै आएका छन् ।

विश्वमा अहिलेसम्म औषधि पत्ता नलागेकाले कोभिड–१९ को महामारी कायमै छ । विश्वको अर्थतन्त्र पुरानै अबस्थामा फर्कन सकेको छैन । जबसम्म औषधि पत्ता लाग्दैन तबसम्म महामारीको स्वरुपमा परिवर्तन आउने सङ्केत मिलेको देखिँदैन । त्यसबाट नेपाल पनि अछुतो छैन ।

चीनमा गत डिसेन्बर ३१ मा कोभिड–१९ देखिएको थियो । उद्ममस्थल चीनको उहानबाट आएका एक नेपालीमा विसं २०७६ माघ ९ गते पहिलो केस देखिएको थियो । चैतको १० र १२ गते दोस्रो र तेस्रो सङ्क्रमण देखियो । उनीहरु पनि तेस्रो मुलुकबार आएका व्यक्ति थिए । माघपछि केही महिना नेपालमा सङ्क्रमण नगन्य हुँदा नेपालको वातावरण र खानपान प्रवृत्तिले खुबै प्रशंसा पायो । यद्यपि त्यो गलत रहेछ भन्ने कुरा विसं २०७७ को शुरु महिना वैशाखले प्रष्ट्यायो । वैशाखको अन्तिम साताबाट नेपालका सङ्क्रमण तीन अङ्कले बढ्न थालेको थियो । त्यो क्रम आजको मितिसम्म जारी छ ।

चीनबाट यूरोप, अमेरिका हुँदै भारतमा महामारीको रुप लिँदै कोभिड–१९ नेपाल भित्रिएको हो । भारतमा महामारी फैलिँदा नेपालमा न्यून थियो । जब भारतमा भएका नेपाली घर फर्कन थाले उनीहरुसँगै सङ्क्रमण पनि भित्रियो । त्यसलाई रोक्न सरकारले चैत १० गतेदेखि उडान बन्द गर्यो भने चैत ११ देखि मुलुकभर बन्दाबन्दीको आदेश जारी गर्यो । उक्त आदेश साउन ६ सम्म कायम रहयो ।

तत्कालीन अबस्थामा क्वारेन्टिनमा बसेकामा देखिएको सङ्क्रमण अब त्यहाँ मात्रै सिमित रहेन । सीमाबाट जबरजस्ती प्रवेश, क्वारेन्टिनको नियम पालना नहुनु, स्वास्थ्य मापदण्डप्रतिको बेवास्ता, मास्क नलगाउने प्रवृत्ति, भौतिक दूरी कायम नहुनु, भीडभाड गराउनुजस्ता कारणले समुदायका व्यक्तिमा समेत कोरोना फैलिइसकेको छ ।

जब जेठबाट कोभिड–१९ को सङ्क्रमण तीन अङ्कले बढ्न थाल्योे तब मुलुकले पनि अर्काे मनसुनजन्य विपत्तिको सामना गर्नुपर्यो । अहिले पनि देशमा आपतमाथिको विपद् कायमै छ । सरकारले आर्थिक क्षेत्र चलायमान बनाउने भन्दै जेठ २९ बाट मुलुकमा बन्दाबन्दी खुकुलो बनायो । त्यसको भोलिपल्ट जेठ ३० पछि मनसुनजन्य विपद्मा जनधनको क्षति हुन थाल्यो । मनसुन शुरु भएको पहिलो दिन जेठ ३१ मा पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा भेलपहिरो खस्दा ९ जनाले अकालमै ज्यान गुमाए ।

असार ८ गते पाल्पाको सम्बोबारीमा ४ जना पहिरोमा परे । असार २० गते बझाङको केदारस्युँलगायत स्थानमा पहिरो जाँदा सात जनाको मृत्यु भयो । असार २६ मा भारी वर्षा हुँदा म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा खसेको पहिरोमा २७ जनाको मृत्यु र ४ बेपत्ता भए । असार २५ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित जम्बुबजार र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको र २० बेपत्ता भए ।

असार २६ गते बिहान कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडामा पनि सोही समयमा पहिरोले सातको मृत्यु भएको थियो । सोही समयमा जाजरकोटको बारेकोट लगायतस्थालनमा पहिरोले नौ जनाको मृत्यु भएको छ ।

गुल्मी र लम्जुङमा बाढीपहिरोमा परेर नौ जनाले ज्यान गुमाए । भूगर्भविद् शिवकुमार बाँस्कोटा जथाभावी सडक खन्ने, पानीको स्रोत व्यवस्थापन नहुने तथा एकै ठाउँमा धेरै पानी परेको र भूकम्पले असर गरेकाले बाढीपहिराका घटना बढेको बताउँछन्।

यो बीचमा बाढी पहिराका कारण सबैको ध्यान विपद्तर्फ मोडियो । त्यसबेला कोभिड–१९ सङ्क्रमण रोकथाममा खटिएका सुरक्षाकर्मी बेपत्ताको खोजी, उद्धार तथा राहतमा लागे । झण्डै एक महिना कोभिड–१९ सङ्क्रमण नरहे जसरी मानिस खुलमखुला भए । त्यसैबेला सङ्क्रमण समुदायसम्म पुग्यो । विपद् जोखिम व्यवस्थापन विज्ञ कृष्ण देवकोटाले सरकरको पनि राम्ररी ध्यान पुगेन, नागरिकले पनि वेवास्ता गरे, बजार सबै खुल्दा समुदायमा फैलन सहयोग मिलेको हो भन्छन् ।

कोभिड नियन्त्रणमा विज्ञहरुबीच पर्याप्त छलफल हुन नसदा रणनीतिक रुपमा सरकारले सफलता प्राप्त गर्न नसकेको देवकोटाको जिकिर छ । “दोहोरो विपद्को अवस्थामा ‘रेस्पोन्स्’ गर्ने समूह अलगअलग हुनुपर्दथ्यो, त्यो हुन सकेन, सिन्धुपाल्चोक लिदीकै घटनामा पनि तपाईँ हेर्न सक्नुहुन्छ, सभामुख अग्नी सापकोटा हिँडिरहँदा वरिपरिकाले मास्क लगाएका थिएनन्, त्यसले जोखिम बढाउने कुरा पक्का छ”, देवकोटाले थने। उनी बाढीपहिरो र कोभिडका लागि छुट्टाछुट्टै ‘डेडिकेटेड’ टिम बनाउनु पर्नेमा त्यो हुन नसक्नु विडम्बना हो, भन्छन्। प्राधिकरणका प्रमुख पोखरेल पनि त्यसरी छुट्टाछुट्टै टिम बनाउन नसकेको स्वीकार गर्छन् । तर उच्च सावधानीका लागि भने आवश्यक समन्वय गरिरहेको उनले बताए।

अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ बाट सङ्क्रमित र मृत्युको विवरण प्रत्यक्ष प्रशारण गरेर दैनिक सार्वजनिक गरिरहँदा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट पनि प्राकृतिक विपद्को बारेमा पनि दैनिक जानकारी दिने काम भइरहेको छ ।

वर्षेनी बाढी पहिरोका घटना भइरहेकै छन् तर रोक्न सकिँदैन । तर न्यूनीकरण र क्षति कम गर्ने उपाहरु भने अपनाउन सकिन्छ । आवश्यक सावधानी नअपनाउँदा र विपद्मैत्री विकास हुन नसक्दा जनधनको क्षति भइरहेकै छ ।

विगतभन्दा यसपालि अवस्था निकै फरक र जटिल बन्यो । मुलुकले एक दशकमा नझेलेको मनसुनजन्य विपद् यसैपटक झेल्नु परेको छ । मनसुनी वर्षा अझै सकिएको छैन, क्षतिको त्रास अझै छ । हामीले कहिल्यै नभोगेको महामारीको आपत पनि यतिखेरै आइलागेकोले हामी नेपालीहरुलाई आपतमाथि विपद्जस्तै भइरहेको छ । नारायण ढुङ्गाना/रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top