३ भदौ, कैलाली ।
अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले बस्ती नै बगाउँदा १५ जना भन्दा बढी सम्पर्क विहीन भएका छन् । मध्यराती कैलाश खोला नदीले सैनी बजारका घर बगाउँदा १५/१६ जना सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याले जानकारी दिए ।
अहिलेसम्म ४ जनाको शव भेटिएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।
घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन नसकेको प्रजिअ उपाध्यायले बताए ।
सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्दारमा समस्या भइरहेको उनले बताए ।