×

NEPAL TIMES UPDATES

Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026

सरकारले निर्णय परिवर्तन गर्दा काठमाडौँका नाकामा समस्या

५ भाद्र २०७७

५ भदौ, काठमाडौँ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख (मेयर) घनश्याम गिरिले कोरोना रोकथामका लागि सरकारले पटकपटक निर्णय परिवर्तन गर्दा कार्यान्वयनमा समस्या आएको बताएका छन् । काठमाडौं उपत्यकामा प्रवेश गर्ने मुख्य नाका (नागढुंगा) यही नगरपालिकामा रहेको र सरकारले काठमाडौं प्रवेश गर्ने सम्बन्धमा पटपपटक नियम परिवर्तन गर्दा कार्यान्वयनमा समस्या आएको गिरिले बताए ।

शुक्रबार नेपाल टाइम्सका संवाददातासँग कुराकानी गर्दै मेयर गिरिले सरकारले उपत्यका प्रवेश गर्न दिने सम्बन्धमा पटकपटक नियम परिवर्तन गर्ने र तत्कालै कार्यान्वयन गर्न निर्देशन दिदा समस्या आएको बताएका हुन । उनले सरकारका निर्णयबाट उपत्यका प्रवेश गर्ने नाकामा नागरिकहरुले धेरै दुःख पाउने गरेको समेत बताए । नाकामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको व्यवस्थापन उचित ढंगले नहुँदापनि आदेशहरुको कार्यान्वयनमा चुनौति देखापरेको बताए । काठमाडौं उपत्यकालाई सुरक्षित गर्न पनि नाकामा खटिने कर्मचारीहरुको व्यवस्थापनामा संघीय सरकार र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

सरकारले दिर्घकालीन सोच अनुसार निर्णय नगर्ने र विभिन्न समयमा गरिएका निर्णयहरुमा फरक पर्ने भएकाले नाकाको व्यवस्थापनमा कठिनाई देखिएको उनले बताए । यस्तै सरकारले सही सूचना समेत प्रवाह गर्न नसकेको उनले बताए । कुनैपनि टोलमा संक्रमण पुष्टि भयो भने त्रास फैलने गरी सूचना प्रवाह गर्दा नगरपालिकालाई व्यवस्थापनामा कठिनाई हुने गरेको गिरिले बताए । उनले अहिले उपत्यकामा निषेधाज्ञा जारी गरिएको तर त्यसपछि के गर्ने भन्ने निर्णय सरकारले गर्न नसकेको बताए । दिर्घकालिन रुपमा कोरोनाको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा सरकारले अहिले नै निर्णय गरी सोही अनुसार स्थानीय तहलाई व्यवस्थापन गर्ने कार्यमा सघाउनुपर्ने उनले बताए ।

सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले प्रदेश र संघीय सरकारबाट आउने आर्थिक सहयोगमा ढिलाई हुँदा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकिएको बताएका छन् । काठमाडौं उपत्यकामा प्रवेश गर्ने प्रमुख नाकाहरु मध्येको अर्को मुख्य नाका (साँगा भञ्ज्याङ) सूर्यविनायक नगरपालिकामा रहेको छ । तर संघीय र प्रदेश सरकारबाट प्रयाप्त सहयोग नहुँदा नाकाको व्यवस्थापनमा कमजोरी भएको उनको भनाई छ । अहिले सम्म प्रदेश सरकारले उपलब्ध गराएको १२ लाख रुपैयाँ र केही स्वास्थ्य सामग्री बाहेक थप सहयोग प्राप्त नभएको पनि थापाले बताए । संघीय र प्रदेश सरकारबाट उचित बजेट प्राप्त नभएपछि नगरपालिकाले विकास निर्माणका काम अर्को वर्षलाई राखेर भएपनि बजेटको व्यवस्थापन गरेको उनले बताए । भक्तपुर जिल्लाका चारवटै नगरपालिकाले संयुक्तरुपमा लगानी गरेर खरिपाटीमा आइसोलेसन केन्द्र र सचेतना जगाउने कार्यक्रम कार्यान्वयनमा ल्याएको बताए ।

काठमाडौं उपत्यकामा लकडाउन खोलिएपछि संक्रमण रहेका जिल्लाबाट मानिसहरु आउन दिदा उपत्यकामा संक्रमणको जोखिम बढेको थापाले बताए । पछिल्लो केही दिन भने सूर्यविनायक नगरपालिकामा पर्ने साँगा भञ्ज्याङ र अमरलोक भञ्ज्याङमा रहेको नाकामा कडाई गरिएको पनि उनले बताए । उनले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गर्न र अति आवस्यक कामका लागि बाहेक घर बाहिर ननिस्कन पनि नगरबासीलाई अपील गरेका छन ।

भर्खरको समाचार

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top