५ भदौ, विराटनगर ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसी)को बैठकले आज राती १२ बजे देखी भदौ १० गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यसअघि विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रमा लकडाउन गरेको थियो । महानगरले गाएको २१ दिनको लकडाउन शुक्रबार समाप्त भएपछि निषेधाज्ञा जारी भएको हो ।
अहिले पनि हिँडडुल नियन्त्रित अवस्थामै भएपनि थप कडाई गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको जनाईएको छ ।
विराटनगरमा आजमात्रै २९ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७७४ पुगिसकेको छ ।