७ भाद्र, एजेन्सी ।
कोरोना भाइरसका कारण विश्वभर हरेक चौबीस घण्टामा पाँच हजार नौ सय संक्रमित थपिइरहेका छन् ।
रोयटर्सले गत शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको तथ्यांकका आधारमा यो नतिजा निकालेको हो । रोयटर्सकाअनुसार विश्वभर हरेक घण्टा दुई सय ४६ जना संक्रमितको मृत्यु भइरहेको छ । यस्तै प्रति १५ सेकन्डमा एक व्यक्तिको मृत्यु भइरहेको देखिन्छ । (बीबीसी)