८ भदौ, विराटनगर ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक प्लाज्मा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका– ८ का कोरोना संक्रमित ६८ वर्षीय पुरुषको आइतबार साँझ साढे ६ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
२९ साउनमा कोरोना पुष्टि भएपछि उनी ३० साउनमा प्रतिष्ठान भर्ना भएका थिए । श्वासप्रश्वास र अन्य समस्याका कारण अवस्था गम्भीर बनेपछि उनको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । मोरङको सुन्दरहरैचाका कोरोनामुक्त भएका युबाले प्लाज्मा दिएका उनको उपचारको क्रमम मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृतक पुरुष बीपीमा प्लाज्मा थेरापी गरिएका पहिलो संक्रमित हुन् । प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको शनिबार दिउँसो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
योसँगै धरानमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या तीन पुगेको छ । त्यस्तै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।