×

NEPAL TIMES UPDATES

Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026

संक्रमितलाई डिस्चार्ज गर्ने सरकारी निर्णयको विपक्षमा उभिए विज्ञ

११ भाद्र २०७७

सरकारले पैसा र बेड बचाउन खोज्यो, भोलि हजारौँ थप्नुपर्छ : विज्ञ

११ भदौ, काठमाडौँ ।
लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने सरकारी निर्णय गलत भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । परीक्षणलाई नजरअन्दाज गर्दा संक्रमितले अरुलाई सार्ने सम्भावना बढी हुने भएकाले सरकारको निर्णय पूर्ण रुपमा गलत भएको जनस्वास्थ्यविज्ञहरुको भनाई छ ।

संक्रमितको १० दिनपछि परीक्षण गर्नु ठिकै भएपनि सामान्य लक्षण भएका र लक्षण नभएका विरामीलाई १४ दिनपछि परीक्षण बिना घर पठाउनु नेपालको परिवेशमा सही नभएको जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितको भनाई छ । पहिलो पटक कोरोना देखिएको चीनमा समेत ३० दिनसम्म पनि भाइरस निष्कृय नभएको परिवेशमा नेपालमा १४ दिनमा विना परीक्षण छोड्ने निर्णय पूर्ण रुपमा लगत भएको उनले बताए ।

यता सरकारले भने विश्व स्वास्थ्य संगठनले १० दिनपछि कुनै पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुदैन भन्ने तथ्यहरु पेश गरेर निर्देशिका बनाएपछि सोही अनुसार निर्णय गरिएको बताएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले डब्ल्यूएचओको निर्देशिकालाई आधार बनाएर मन्त्रालयले आफ्नो निर्देशिकाहरु परिमार्जन गरिएको बताए । लक्षण नभएका व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगरी घर पठाउँदा कुनै समस्या नहुने उनले बताए । उनले भने, ‘‘लक्षण नभएको व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगर घर पठाउँदा कुनै समस्या हुँदैन । अरु व्यक्तिलाई संक्रमण हुने सम्भावना हुँदैन । तथ्यहरुले १० दिनपछि संक्रमण हुँदैन भन्छ तर हामीले ४ दिन थपेको अवस्था हो । लक्षण छन भनेपनि लक्षण हराएको ३ दिनपछि संक्रमण फैलिने सम्भावना हुँदैन । परीक्षण भनेको संक्रमणको चक्रलाई रोक्न हो ।’’

जनस्वास्थ्य विज्ञ दीक्षितले भने उनको भनाईमा असहमति जनाए । तराईका जिल्लाहरुमा क्वारेन्टिनबाट परीक्षण नगरी घर पठाउँदा अहिलेको अवस्था आएको उल्लेख गर्दै उनले १५ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोचले उपत्यका तराइको जस्तो अवस्था देशभरी हुने चेतावनी दिए । नेपालको परिवेशमा कुनै अनुसन्धान नै नगरी १५ दिनमा भाइरस शरीरमा रहँदैन भन्न नमिल्ने उनले बताए । सरकारले पैसा र बेड बचाउनका लागि गरेको निर्णयले भोली हजारौँ बेड थपिने अवस्था आउन सक्ने चेतावनी उनले दिए । उनले भने, ‘‘१५ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोच्न थाल्यौ भने काठमाडौं र तराईका जिल्लाको जस्तै अवस्था देशभरी हुन्छ । अनुसन्धान नै नगरी १५ दिनमा भाइरस जीउबाट गएको भन्न मिल्दैन । बेड बचाउन र पैसा बचाउन गर्न खोज्या होला तर एउटा बेड बचाउन गरिएको निर्णयले भोली हजारौँ बेड थपिने अवस्था आउन सक्छ ।’’

अर्का जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे पनि परीक्षण नगरी संक्रमितलाई डिस्चार्ज गर्न उपयुक्त नहुने बताउछन । स्वास्थ्य मन्त्रालय अन्र्तगतको आपतकालिन स्वास्थ्य कार्यसञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा पीसीआर गरी पोेजेटिभ आएमा लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई थप ४ दिन राखेर परीक्षण नै नगरी डिस्चार्ज गर्न भनेको थियो । १४ दिनपछि डिस्चार्ज नगरिए सरकारले सोधभर्ना नव्यहोर्ने चेतावनी सहित मन्त्रालयले कोभिड अस्पताल र प्रदेश सामाजिक विकास मन्त्रालयहरुलाई पत्राचार गरेको हो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top