१२ भदौ, भरतपुर ।
चितवनमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार मकवानपुर हेटौडाकी ७१ वर्षिया वृद्धा, चितवन भरतपुर २ का ५१ वर्षिय पुरुष र गोरखा आवुखैरेनी १३ का ३८ वर्षको पुरुष गरि तीनको मृत्यु भएको हो ।
होटौडाकी वृद्धाको चितवन मेडिकल कलेजमा, चितवन भरतपुरका पुरुषको पुष्पाञ्जली अस्पतालमा र गोरखा आँवुखैरेनीका पुरुषको भरतपुर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
हेटौँडाका बृद्धाको कोभिड १९ संक्रमणका कारण भदौ ५ गते देखि मेडिक कलेजमा संघन उपचार कक्षमा उपचार हुँदा हुदै विहान ६ः५० मा मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।
यस्तै पुष्पान्जली अस्पतालमा उपचार गराई रहेका भरतपुरको पुरुषको शुक्रवार विहान १० वजे मृत्यु भएको हो । त्यस्तै गोरखा आवुखैरेनीका पुरुषको दिउसो २.३० वजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
चितवन मेडिकल कलेजले ४२ जना संक्रमितको उपचार भैरहेको र त्यस मध्ये २० जनाको अवस्था गंम्भीर रहेको जनाएको छ । यो सँगै चितवनका अस्पतालहरुमा कोभिड १९ कै कारण मृत्यु हुनेको सख्या ८ पुगेको छ ।