१३ भदौ, सुनसरी ।
कोरोना माहामारीलाई लक्षित गर्दै लायन्स क्लव अफ रामधुनी सिटी र लियो क्लब अफ रामधुनी सिटीले रामधुनी नगरपालिका– ८ का बिपन्न परिवारलाई घर–घरमा पुगेर मास्क र हात धुने साबुन वितरण गरेका छन् ।
दुवै क्लवको संयुक्त आयोजनामा शनिबार भएको कार्यक्रममा रामधुनी–८ डुम्राहामा मास्क र हात धुने साबुन वितरण गर्नुका साथै सावधानीको लागि सुरक्षाका विधिबारे सर्वसाधारणलाई जनचेतना जगाइएको लिओ क्लव अफ रामधुनी सिटीका प्रीसिडेन्ट गोबिन्द आचार्यले बताए ।
लायन्सको जोन चेयर पर्सन दुर्गा फुयाल, रामधुनी नगरपालिकाकी उपप्रमुख र लायन्स क्लब अफ रामधुनी सिटीको प्रथम उपाध्यक्ष सबिना चौधरीको आतिथि साथै लायन्स क्लब अफ रामधुनी सिटीका चार्टर प्रीसिडेन्ट डेगराज फुयालको उपस्थितमा भएको कार्यक्रममा ५ सय वटा साबुन र ३ हजार सर्जिकल माक्स विपन्न परिवारलाई बितरण गरिएको थियो ।
क्लवले १०० थान मास्क र ३० थान हात धुने साबुन दुम्राहा प्रहरी चौकिलाई र त्यतिनै साबुन र माक्स वडा कार्यालयलाई हस्तान्तरण गरेका छन् ।कार्यक्रममा लायन्स क्लव अफ रामधुनी सिटीका अध्यक्ष दूर्गेश कुमार बिश्वकर्मा पनि सहभागी थिए ।