१४ भाद्र, काठमाडौं ।
पाटन अस्पतालमा शनिबार राति एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शनिबार राति १० बजे ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको हो । उनी साउन २८ गते अस्पताल भर्ना भएका थिए ।