नितेश यादव
१४ भदौ, जनकपुरधाम ।
सप्तरीमा कोरोना संक्रमणका कारण थप एक वृद्धा महिलाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–२ तेतरीगाछीकी ६५ वर्षीया एक वृद्धा महिलाको मृत्यु भएको हो ।
शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई राति उपचारकै ती महिलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो । धरान जाने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ जना सप्तरीको सदरमुकाम राजविराजकै छन् भने एक जना रुपनी गाउँपालिकाका हुन् ।