योगेन्द्र योगी
१५ भदौ, दोहा ।
नेपाली जनप्रगतिशील मोर्चा साउदीले ढाका मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर अनिरुद्र पाठकलाई कारवाही गर्न माग गरेको छ ।
साउदीस्थित नेपाली दूतावासले स्वीकृति दिएको साउदीको राजधानी रियाद शहरको बथ्थास्थित ढाका मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर पाठकले स्वदेश फर्किने नेपाली श्रमिकहरुबाट कोरोना जाँच गर्ने बहानामा मोटो रकम लिने गरेको नेपाली जनप्रगतिशील मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
डाक्टर पाठकले ४८०० देखि ६४०० रूपैँयासम्म चार्ज लिँदै विना चेक जाँच पीडितहरुलाई कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ दिँदै आएको खुलासा पिडित “झपड बहादुर बस्नेत” नेपाल पुगिसकेपछि कार्यक्रम मार्फत गरेको भन्दै मोर्चाले यस विषयमा दूतावास रियाद र नेपाल सरकारको गम्भीर ध्यानाकर्षणको लागि मोर्चाले आवज उठाएको हो ।
यो बिषय एक ब्यक्ति माथिको मात्रै नभइ समग्रमा सिङ्गो राष्ट्रि प्रतिकै घात रहेको ठहर मोर्चाले गरेको छ । यता, यस विषयमा बुझ्न डाक्टर पाठकसँग सम्पर्क गर्दा ५ मिनेट पछि बोल्ने भने तापनि पछि बोल्न चाहेनन् ।