काठमाडौँ : नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ । नेपालले अहिलेसम्म ४० देशसँग हवाई सम्झौता गरेको छ । यद्यपि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान भने आधा दर्जन देशसँग मात्र सीमित छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।