×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

चितवनमा निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग

१५ भाद्र २०७७

१५ भाद्र, चितवन ।
चितवनमा तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ ।

व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि निषेधाज्ञासहितको लकडाउन हटाउन माग गरेका हुन् ।

निरन्तरको निषेधाज्ञाले आपूर्ति शृङ्खला टुट्न गई मानिस रोगले भन्दा पनि भोक र व्यावसायिक तनावले असामान्य अवस्था सिर्जना हुनसक्नेमा निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको भन्दै निषेधाज्ञासहितको लकडाउनको विकल्प खोज्न अनुरोध गरेका छन् ।

ज्ञापनपत्र बुझाउने सङ्घसंस्थामा चितवन उद्योग सङ्घ, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी सङ्घ, क्षेत्रीय होटल सङ्घ, हिसान, प्याब्सन, नेपाल चिकित्सक सङ्घ, रत्ननगर उद्योग वाणिज्य सङ्घ, क्षेत्रीय होटल सङ्घ, नेपाल पोल्ट्री महासङ्घ, ह्याचरी उद्योग सङ्घ र होटल व्यवसायी सङ्घलगायतका प्रमुख एवं प्रतिनिधि प्रशासन कार्यालय पुगेका थिए ।

ज्ञापनपत्रमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञले कोरोनाको जोखिम दुई वर्षसम्म रहन सक्ने बताएको भन्दै वैकल्पिक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आर्थिक गतिविधि चलायमान गराउन व्यवसायीले माग गरेका छन् ।

त्यसैगरी ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थामा आधाआधा कर्मचारी परिचालन गरी भीडभाड नहुने गरी बिहान र बेलुका सेवा प्रवाह गर्दै इ–बैंकिङलाई प्रोत्साहन गर्न सकिने उल्लेख छ । सम्बन्धित उद्योगको पत्र वा परिचयपत्रलाई मान्यता दिई सहजरुपमा दुई पाङ्ग्रे सवारीमा एक जना र चार पाङ्ग्रेमा अधिकतम दुई जना हिँडडुल गर्न सक्ने गरी व्यवस्था गर्न निजी क्षेत्रले माग गरेको छ ।

चितवनका सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिई वैकल्पिक सिकाइका विधिलाई मान्यता दिई सोहीअनुसार पठनपाठन गराउन विद्यार्थी भर्ना गरी शैक्षिक शुल्क उठाउन सक्ने वातावरण तयार गर्न पनि माग गरिएको छ ।

त्यसैगरी सार्वजनिक यातायातको हकमा निषेधाज्ञा खोलिएको एक हप्तापछि यसअघि सरकारले तोकेको मापदण्डबमोजिम सञ्चालन गर्न पनि ज्ञापनपत्रमा प्रशासनको ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले जुन क्षेत्रमा सङ्क्रामक रोग नियन्त्रणको मापदण्ड पूरा भएका छन् ती क्षेत्रमा निषेधाज्ञा खुल्ला गर्न सकिने बताए ।

व्यवसायीलाई भट्टराईले उद्योग सञ्चालन गर्न कुनै समस्या भएमा भन्न आग्रह गरेका थिए। ज्ञापनपत्र दिन पुगेका सबैले आ–आफ्ना उद्योग भने सञ्चालनमा आएको जानकारी गराएका थिए ।(रासस)

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top