नितेश यादव
१५ भदौ, जनकपुरधाम ।
अब सरकारी गाडीको यति सम्म दुरुपयोग हुन थालेको छ कि गाडीमै टिकटक भिडियो बनाउन थालिएको छ । महोत्तरीका मेयरको सरकारी गाडीमा जिल्लामा निषेधाज्ञाको बेलामा दुरुपयोग गरेको भेटिएको छ ।
महोत्तरीको गौशाला नगरपालिकाका मेयर चढ्ने गाडीको दुरुपयोग गरिएको हो । गाडीमा गौशालाका मेयर शिवनाथ महतोका छोरा जितेन्द्र कुशवाहा सवार रहेको भेटिएको छ ।
बा २ झ ४०२२ नम्बरको झण्डाबाला सरकारी गाडीमा विभिन्न खाले पोज दिएर उनले अनेक प्रकारका गीतमा टिकटक बनाएका छन् । मेयर महतोको गाडी टिकटक बनाउन दुरुपयोग गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।