१७ भदौ, सुनसरी ।
सुनसरी हरिनगर गाँउपालिका–२ भुटाहा सिसुवा धरमपुर सडक खण्डबाट ३ जना मानिसहरु बिना इजाजतको औषधि सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर १ का ३७ बर्षीय अख्तर मिया, २२ बर्षीय एहरमान अंसारी र ३२ बर्षीय मुख्तर आलम रहेका छन् ।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साथै पक्राउ परेकाहरुको साथबाट बिना इजाजतको औषधि निमोस पि -२९८० ट्याब्लेट, भिबेल -४९८० क्याप्सुल, जेनिग्रा रेड -८०० ट्याब्लेट लगायत बरामद गरिएको छ ।
पक्राउ परेका तिनै जना र बरामद गरिएको बिना इजाजतको औषधि आवश्यक कारवाहीको लागि औषधि बिभागको कार्यालय बिराटनगर पठाईएको प्रहरीले जनाएको छ।