१८ भाद्र, विराटनगर ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कसको स्वार्थमा जनताले मल नपाएका हुन् त्यसको जवाफ सरकारले दिनुपर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले कृषि प्रधान देशमा जनता मल नपाएर भौतारिन पर्नु दुखद भएको बताए । देशको मेरुदण्डको रुपमा रहेका किसानप्रति राज्यले यस्तो निर्लज्ज व्यवहार देखाउनु लाजमर्दो भएको उनको भनाइ छ ।
समयमै मल उपलब्ध नगराउँदा उत्पादनमा ह्रास आउने र आर्थिक अवस्थामा भयावह अवस्था आउने उनले चेतावनी दिए । धान रोपेर मल हाल्नुपर्ने किसानले धानमा बाला आउँदा समेत मल नपाएर भौतारिनु परेको समाचारपछि डा. शेखरको यस्तो भनाई आएको हो ।
